काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपतिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…