रोल्पा । रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाकाअनुसार रोल्पाको रुन्टिगढी गाउँपालिका-१ दाङचौर बस्ने वर्ष ४८ की पार्वती बुढा क्षेत्रीको भीरबाट लडेर घाइते भएपछि उपचारकै क्रममा मृत्यु भएको हाे ।
प्रहरीकाअनुसार पौष १४ गते दिउँसो करिब १ बजेको समयमा मृतक बुढा क्षेत्री खर काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ लगिएको थियो ।
घाइतेलाई आइसीयुमा राखी उपचार भइरहेको अवस्थामा परिवारले आफ्नै जिम्मामा घर लैजाने निर्णय गरी बुधबार दिउँसो आफ्नै घरमा ल्याएको र बिहिवार बिहान करिब ६ बजेर ३० मिनेटको समयमा घाइते बुढा क्षेत्रीको आफ्नै घरमा मृत्यु भएको हाे ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…