सिड्नी । अष्ट्रेलियाका चर्चित क्रिकेटर डेमियन मार्टिनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । मेनिनजाइटिस रोगबाट पीडित ५४ वर्षीय क्रिकेटर मार्टिनको हाल उपचार भइरहेको छ । उहाँ हाल कोमामा रहनुभएको समाचारमा जनाइएको छ । ‘बक्सिङ डे’का दिन उहाँलाई क्विन्सल्याण्डस्थित अस्पतालमा भर्ना गरिएको थियो । अष्ट्रेलियाका पूर्वखेलाडी एडम गिलक्रिस्टले मार्टिनको उपचार भइरहेको जनाउनुभएको छ । ‘मार्टिनको उपचारमा खटिएका चिकित्सकहरूले सक्दो प्रयास गरिरहेका छन् । हामी सबै ईश्वरसँग प्रार्थना गरिरहेका छौं । विश्वभरका समर्थकले पनि उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्,’ गिलक्रिस्टले भन्नुभएको छ ।
अष्ट्रेलियाका पूर्वप्रशिक्षक एवं खेलाडी ड्यारेन लेहमनले पनि मार्टिनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । ‘हामी उनको स्वास्थ्य लाभका लागि कामना गरिरहेका छौँ,’ उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । मार्टिन आफ्नो समयका प्रभावशाली खेलाडी हुनुहुन्छ । उहाँले अष्ट्रेलियाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ ।
उहाँले ६७ टेष्टमा कुल चार हजार ४०६ रन बनाउनुभएको छ । टेष्टमा उहाँले १३ शतक र २३ अर्धशतक प्रहार गर्नुभएको छ । टेष्टमा उहाँको उच्च स्कोर १६५ रन हो । उहाँले दुई सय आठ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल पाँच हजार ३४६ रन बनाउनुभएको छ । उहाँले एकदिवसीयमा पाँच शतक र ३७ अर्धशतक बनाउनुभएको छ । उहाँको उच्च स्कोर अविजित १४४ रन हो । यसैगरी, उहाँले चार टी-२० अन्तर्राष्ट्रियमा कुल १२० रन बनाउनुभएको छ । यो ढाँचाको क्रिकेटमा उहाँको उच्च स्कोर ९६ रन हो । एजेन्सी




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच