काठमाडौं । कवि तथा पत्रकार ठाकुर बेलवासेलाई पितृशोक परेको छ । उहाँका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा टिचिङ अस्पताल महाराजगञ्जमा बिहीबार निधन भएको हो । उहाँ विगत दुई महिनादेखि कलेजो सम्बन्धी रोगको उपचार गराइ रहनु भएको थियो ।
मृतकका भतिज युवराज शर्माका अनुसार ईश्वरीप्रसाद बेलवासेको एक श्रीमती र तीन छोरामध्ये ठाकुर बेलवासे कान्छो छोरा हुनुहुन्छ । बेलवासेको आज(शुक्रबार) पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच