अहिले मेरा हातमा भएको पुस्तकको शीर्षक हो ‘अविश्रान्त’ । यो महाकाव्य हो र यस महाकाव्यको महाकाव्यकार हुनुहुन्छ त्रिलोचन आचार्य । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको यो पुस्तक यस प्रकाशनको २२२ कृतिपुष्प हो । यसको सर्वाधिकार महाकाव्यकारमै रहेको छ भने १००१ प्रति प्रकाशित भएको यो पुस्तक २०८२ सालमा प्रकाशित भएको छ । अर्थात् यो पुस्तक यसै वर्षमात्र प्रकाशित भएको हो । यो यस पुस्तकको प्रथम संस्करण हो । भूमिका खण्डसहित ३२० पृष्ठको यस पुस्तकको मूल्य ५०० रुपैयाँ छ ।
सेतो तौलयुक्त कागज प्रयोग भएको यस पुस्तको छपाइस्तरीय छ र अशुद्धि कमैमात्र भेट्न सकिन्छ । सूर्योदय डेस्कबाट तयार भएको दीपेन्द्र बस्नेतको लेआउट रहेको यस पुस्तकको आवरण आकर्षक छ । माथि कलात्कम अक्षरमा यसको शीर्षक राखिएको छ । मधुरोमा नेपाली शैलीका घर र एकजना यात्री यात्रारत रहेको देखाइएको छ । तल महाकाव्यकारको नाम उल्लेख भएको छ ।
यस महाकाव्यले वर्तमान समयको नेपालको दारुण स्थितिको चित्रण गरेको छ । नेपालीहरू कोही वैदेशिक रोजगारीको शिलशिलामा, कोही अध्ययनको शिलशिलामा र कोही व्यापार व्यवसायको शिलशिलामा विदेशिने कटु यथार्थलाई यसले चित्रण गरेको छ । यस्तो अवस्थाले गर्दा नेपालका गाउँघरहरू रित्तिँदै गएका र आबादी खेतबारीहरू बाँझो पल्टिँदै गएर जङ्गलमा परिणत भएका तीता यथार्थहरुलाई यस महाकाव्यले चित्रण गरेको छ ।
पृष्ठावरणमा महाकाव्यकार आचार्यको फोटोसहित एक श्लोक उहाँको सिर्जना राखिएको छ । यही पृष्ठमा यही महाकाव्यमा भूमिका खण्डमा रहेको विचारहरुबाट पुरुषोत्तम सिग्देल, रामप्रसाद ज्ञावली र शार्दुल भट्टराईका भनाइ उद्धृत गरिएको छ । तल प्रकाशन संस्था दायित्व वाङ्मय प्रतिष्ठानको नाम र लोगो दिइएको छ ।
भूमिका खण्डमा रामप्रसाद ज्ञवालीको ‘अभिश्रान्ता महाकाव्य ः श्रमजीवी नेपालीको जीवनाख्यान’, पुरुषोत्तम सिग्देलको ‘अभिश्रान्त वैचारिक महाकाव्य सानो अध्ययन’, शार्दुल भट्टराईको ‘बधाई तथा शुभकामना’ र दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्तको अभिश्रान्त कविको अविश्रान्त महाकाव्य छन् । यसपछि कहाकाव्यकारको ‘मेरो भनाइ’ छ । यो महाकाव्य तेइस सर्गमा टुङ्गिएको छ । अन्तिममा महाकाव्यकारको परिचय दिइएको छ । सबै विधामा कलम चलाउनुहुने लेखक कवितामा खण्डकाव्य, महाकाव्य, कविताको लघुत्त विधा मुक्तकलगायत, निबन्ध विधामा पनि कलम चलाउँदै आउनुभएको छ । उहाँबाट आख्यानहरू भने सिर्जना भएका छैनन् । त्रिलोचन आचार्य नेपाल सरकारका उच्च पदस्थ कर्मचारी पदबाट सेवानिवृत्त हुनुभएको कवि हुनुहुन्छ ।
उहाँले विभिन्न राष्ट्रियस्तरका पुरस्कार प्राप्त गरिसक्नुभएको छ । छन्द कविताका सर्जक कवि आचार्य निरन्तर छन्द कविता सिर्जनामै लागिरहनुभएको छ । उहाँले हाल यो अभिश्रान्त महाकाव्य लिएर आउनुभएको छ । यस अर्थमा अब उहाँ कविताका लघुत्तम विधाबाट महाकाव्यसम्म आइपुग्नुभएको छ । यस सफलतामा कवि आचार्यलाई बधाई तथा कृति सफलताको कामना छ । नेपाली साहित्य र त्यसमा पनि कविता फाँटका उर्वर कवि आचार्यबाट आगामी दिनमा यस्तै प्रकारका पुस्तक नेपाली साहित्यका लागि अपेक्षित छन् । उहाँलाई अग्रिम शुभकामना ।
महाकाव्य कविताको महत्तम विधा हो । यो गद्याख्यानमा उपन्यासको समस्तरको विधा हो महाकाव्य । उपन्यास गद्यमा कुनै कथाको सिर्जना गरिएको हुन्छ भने महाकाव्य सामान्यतया पद्यमा लेखिन्छ । हुन त अहिले कवितामा गद्य कविताहरूको प्रचलन बढी छ । केही छन्दशिल्पीहरूले पद्य कवितालाई बचाइरहनु भएको छ र केही कविहरूले गद्य कविताका माध्यमबाट पनि महाकाव्यहरु सिर्जना गर्नुभएको छ । तैपनि अधिकांश कवि छन्दमै महाकाव्यहरू सिर्जना गरिरहनुभएको छ । महाकाव्यका आफ्ना केही मान्यता छन् । वरिष्ठ कवि त्रिलोचन आचार्यले यस महाकाव्यमा पनि यी मान्यताहरूको पालना गर्नुभएको छ । यति हुँदाहुँदै महाकाव्य लेखनका सम्पूर्ण मान्यताहरुलाई उहाँले पालना गर्न सक्नुभएको जस्तो देखिँदैन ।
एउटा सर्ग समाप्त भएपछि अन्तिम श्लोक फरक छन्दमा लेखिनुपर्ने र त्यसले अर्को सर्गको कथानकको सङ्केत गर्नुपर्ने भन्ने मान्यता पालना भएको पाइँदैन अन्य प्रकृति चित्रण, हिमाल, पहाड आदिको वर्णन भने यसमा भएको छ । यस महाकाव्यले वर्तमान समयको नेपालको दारुण स्थितिको चित्रण गरेको छ । नेपालीहरू कोही वैदेशिक रोजगारीको शिलशिलामा, कोही अध्ययनको शिलशिलामा र कोही व्यापार व्यवसायको शिलशिलामा विदेशिने कटु यथार्थलाई यसले चित्रण गरेको छ । यस्तो अवस्थाले गर्दा नेपालका गाउँघरहरू रित्तिँदै गएका र आवादी खेतबारीहरू बाँझो पल्टिँदै गएर जङ्गलमा परिणत भएका तीता यथार्थलाई यस महाकाव्यले चित्रण गरेको छ । यथार्थताको सग्लो चित्रका रूपमा आएको यो महाकाव्य वर्तमानको वास्तविकता हो । यसका लागि महाकाव्यकार आचार्यलाई धन्यवाद ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…