काठमाडाैं । शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ नासा कलेजले नयाँ भवन, आधुनिक भौतिक पूर्वाधार र नयाँ र सशक्त व्यवस्थापनसहित आफ्नो शैक्षिक गतिविधिलाई थप सुदृढ बनाएको छ। युगानुकुल र समयसापेक्ष शिक्षा प्रदान गर्ने लक्ष्यका साथ कलेजले भौतिक, शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा उल्लेखनीय सुधार गरेको जनाएको छ।
हालै सञ्चालनमा आएको नयाँ भवन आधुनिक शैक्षिक मापदण्डअनुसार निर्माण गरिएको हो। स्मार्ट कक्षाकोठा, आइसिटी–आधारित शिक्षण प्रणाली, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, स्वच्छ क्यान्टिन र सुरक्षित क्याम्पस संरचनाले विद्यार्थीको बहुआयामिक विकासमा टेवा पुर्याइरहेको छ |
नयाँ व्यवस्थापनको नेतृत्वमा कलेजले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको चौतर्फी बिकास, अनुशासन र पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेको छ। विद्यार्थी–केन्द्रित शिक्षण पद्धति, शिक्षकको क्षमता अभिवृद्धि, नियमित मूल्याङ्कन प्रणाली तथा अभिभावकसँगको सहकार्यलाई व्यवस्थापनले विशेष महत्व दिएको जनाएको छ।

नासा कलेजले विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ तहमा अध्ययन गराउँदै आएको छ भने आगामी शैक्षिक सत्रदेखि कानुन र मानबिकिका कक्षाहरु समेत संचालन गर्ने जनाइएको छ। शैक्षिक अध्ययनसँगै सह–पाठ्यक्रम गतिविधि, करियर काउन्सेलिङ र व्यक्तित्व विकास कार्यक्रममार्फत विद्यार्थीलाई सक्षम, प्रतिस्पर्धी र जिम्मेवार नागरिक बनाउने लक्ष्य लिइएको छ।
कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपाने भन्नुहुन्छ, “नयाँ भवन, आधुनिक पूर्वाधार र सुदृढ व्यवस्थापनसहित नासा कलेज अब गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने दिशामा सशक्त योजना र तयारीकासाथ अग्रसर छ।”
न्यौपाने भन्नुहुन्छ, “ बिगत लामो समयमा हामीले हासिल गरेको कलेज संचालन र व्यवस्थापनको अनुभवलाई अब हामी पूर्ण रुपमा नासाको बिकासमा लगाउनेछौं र यसलाई विद्यार्थीको सपना सकार पार्ने देशमै उत्कृष्ट गन्तब्य बनाउने छौं |”
हुनपनि नयाँ भवन सहितको अत्याधुनिक भौतिक पूर्वाधार र नयाँ व्यवस्थापनसँगै नासा कलेज अब केवल एक शिक्षालय होइन, विद्द्यार्थीको भविष्य निर्माण गर्ने विश्वासिलो गन्तव्य बनेको छ। “नाटिभ रूट्स टु ग्लेाबल हाइट्स” भन्ने आदर्शलाई आत्मसात् गर्दै, नासा कलेज विद्यार्थीको सपनामा उडान भर्न प्रतिबद्ध छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच