काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विशेष अदालतमा १४ प्रतिवादीसहित जाग्रिति/एम.के/नेपाल जेभी, धनगढी, कैलालीलाई पनि प्रतिवादी कायम गर्दै मुद्दा दायर गरेको हो। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको भवन निर्माण ठेक्का प्रक्रियामा लक्षित बोलपत्रदातालाई फाइदा पुग्ने गरी योग्यताको सर्त र मापदण्ड बदनियतपूर्वक परिवर्तन गरिएको, बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरी भ्रष्टाचार गरिएको आरोप रहेको आयोगले जनाएको छ।
प्रतिवादीमा तत्कालीन नगरप्रमुख दीपकविक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, अधिकृत नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेश राज रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्तबहादुर थापा, तथा जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र आधिकारिक प्रतिनिधि सुरतबहादुर शाह रहेका छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सबै प्रतिवादीविरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो कायम गरिएको छ।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच