काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकको डेबिट कार्ड होल्डर र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीले काठमाडौं चाबहिलस्थित मेडिकेयर हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।
दुवै संस्थाबीचको सम्झौताअनुसार कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरू र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत छुट हुनेछ ।
सम्झौतापत्रमा बंैकतर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटलतर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गर्नुभएको थियो । जसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहक मेडिकेयर हस्पिटलबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर