नेपाली विद्यार्थीहरूका लागि विदेशमा उच्च शिक्षा अध्ययन सोचेजस्तो सहज छैन । खासगरी मध्यम र निम्नमध्यम वर्गीय परिवारका विद्यार्थीहरूका लागि विदेशमा अध्ययन खर्च व्यवस्थापन निकै चुनौतीपूर्ण देखिएको छ । तर, विदेशमा सफल पाँच-दश प्रतिशत विद्यार्थीलाई देखाएर नेपालबाट उच्च शिक्षा अध्ययनका लागि बजारीकरण गर्ने काम भइरहेको छ । जसका कारण विद्यार्थीहरू सकी नसकी विदेश जाने प्रवृत्ति बढेर गएको छ । त्यसरी जाने अधिकांश विद्यार्थीहरू चरम मानसिक तनावमा छन् ।
उच्च शिक्षाका लागि विदेशिने लाखौं लाख विद्यार्थीमध्ये केही हजारमात्र ग्राजुयट भएका छन् । लाखौं विद्यार्थी पढ्न सकेका छैनन्, बेलायत, अष्ट्रेलिया, क्यानाडा, न्युजिल्याण्डलगायत विभिन्न देशहरूमा । के हामीले शैक्षिक जनशक्ति बनाउन पठाएका हाम्रा कलिला विद्यार्थीहरू शैक्षिक जनशक्तियुक्त भएका छन् ? यसबारेमा मैले भन्दा तपाईंहरू नपत्याउनु होला भनेर नै सोही वास्तविकता उजागर गर्न हामीले ‘डेस्टिनेसन युके’ भन्ने प्रोग्राम नै सञ्चालन गरेका छौं ।
म पनि त एउटा रोजगारदाता हुँ । जब नेपाली विद्यार्थीहरूको सिभी हेर्छु, उनीहरूसँग स्किल नै हुँदैन । अहिलेको जमानामा बाइक चलाउन आउँछ, बरिस्ता कफी बनाउन आउँछ भनेर हुँदैन । कफी त मेसिनले नै बनाउँछ । एआईको जमाना आइसक्यो, आइटी इञ्जिनियरहरूको जागिर जाँदैछ ।
हामीले बेलायतका विभिन्न शहर र बेलायतका विभिन्न युनिभर्सिटीमा त्यहाँ नेपाली विद्यार्थीहरूसँग भेटेर त्यहाँका समुदायसँग भेटेर उनीहरूले भनेका वास्तविकता हामीले भिडियोमार्फत् उजागर गर्ने प्रयास गरिरहेका छौं । डेस्टिनेसन १ पछि हामीले भर्खरै डेस्टिनेसन २ लञ्च सञ्चालन गरेका छौं । जसको उद्देश्य के हो भने बेलायत एउटा उचित र एकदमै राम्रो शैक्षिक जनशक्ति उत्पादन गर्ने देश हो तर त्यसका लागि हाम्रो देश नेपालमैै हामी सक्षम छौं कि छैनौं ? किनभने मैले यसो भन्दा केही समयअघिमात्रै शिक्षामन्त्री डा. महावीर पुनसँग मेरो कुराकानी भएको थियो, उहाँले मलाई के भन्नुभयो भने ‘हरि, डाटा कहाँ छ ? छ भने देऊ ।’ तर, बेलायतका युनिभर्सिटीहरूले हामीलाई डाटा दिँदैनन् । भन्छन्, पर्सनल गोप्यता दिन मिल्दैन । त्यही भएर हामीले भिडियो खिचेर त्यहाँको वास्तविकता लिइरहेका छौं । अब डाटा कुनै पनि मन्त्री या प्रधानमन्त्रीलाई चाहियो भने पनि हामी दिन पनि सक्षम भएका छौं, हामीसँग डाटा रेडी छ, बेलायतमा विद्यार्थीहरूले के गरेर बसिरहेका छन् भनेर ।
त्यसो त मैले विद्यार्थीलाई बेलायत पढ्न नजानु भन्न खोजेको होइन । मैले यसो भनिरहँदा बेलायत जानका लागि सबै प्रक्रिया पूरा गरिसकेका हाम्रा विद्यार्थीलाई नराम्रो लाग्न पनि सक्छ । त्यसो त यस्ता कुराले बेलायत नजाने सोच आएको छ भने हामी विद्यार्थीसँग लिएको ट्युसन फी पूरै रिफण्ड गर्न पनि तयार छौं । ‘यु क्यान स्टे विथ योर फ्यामिली एण्ड यु क्यान लिभ ह्यापिली ।’ तर, यदि संघर्ष गर्न जाँदै हुनुहुन्छ भने प्लिज यो कुरा ध्यान दिनुस् । हामीले १२ कक्षापछि आफ्ना बच्चाहरूलाई पढाउन विदेश पढ्न पठाउनुभन्दा अगाडि हामीसँग भोकेसनल ट्रेनिङका विभिन्न संस्थाहरू छन् । जस्तो सिटिइभिटी छ, उनीहरूलार्ई सिटिइभिटीको ट्रेनिङ किन नदिने ? यदि उनीहरूसँग एउटामात्र स्किल भयो भने केही गर्न सक्छन् तर हाम्रा विद्यार्थीहरूसँग एउटा पनि स्किल छैन । घरमा पानी तताउनसमेत नजान्ने बच्चालाई हामीले विदेशमा पठाइरहेका छौं ।
म पनि त एउटा रोजगारदाता हुँ, म बेलायतमा बस्छु । जब नेपाली विद्यार्थीहरूको सिभी हेर्छु, उनीहरूसँग स्किल नै हुँदैन । अहिलेको जमानामा बाइक चलाउन आउँछ, बरिस्ता कफी बनाउन आउँछ भनेर हुँदैन । अहिले कफी त मेसिनले नै बनाउँछ । एआईको जमाना आइसक्यो, अब आइटी इञ्जिनियरहरूको जागिर जाँदैछ । बेलायतका सबै जनशक्तिहरू दक्ष छन्, स्किल छ, उनीहरू पढेका छन् तर उनीहरूलाई के स्किल चाहिएको छ भने प्लम्बर चाहिएको छ, कार्पेन्टर चाहिएको छ, इलेक्ट्रिसियन चाहिएको छ । त्यस्ता स्किलयुक्त मान्छेहरू चाहिएको छ । यसो भनेर मैले हाम्रा बच्चाहरूलाई फेरि इलेक्ट्रिसियन बनाउनु भनेको होइन, यदि उनीहरूसँग इलेक्ट्रिसिटीसम्बन्धी ज्ञान छ भने आफ्नो पढाइ सकेपछि नेपालमा आएर इलेक्ट्रिसिटीसम्बन्धी राम्रो कम्पनी सञ्चालन गर्न सक्छन् । बेलायतको पढाइले मात्र विद्यार्थीले केही पनि गर्ने वाला छैन ।
स्किल नभएको व्यक्ति बेलायतमात्रै होइन, कुनै पनि विकसित देशमा बिक्न सक्दैन । मैले राज्यलाई पनि भनेँ, हामी पाँच प्रतिशत सक्सेसफुल मान्छेहरू जो विदेशमा छन्, उनीहरूलाई देखेर ९५ प्रतिशत हाम्रा विद्यार्थी बेलायत, अष्ट्रेलिया, अमेरिका, क्यानडा, पठाइरहेका छौं । विदेश पढ्न गएको विद्यार्थीले सुसाइड गर्यो, डिप्रेसन भयो । त्यस्तो किन भइरहेको छ ? किनभने त्यसमा मुख्य फाइनान्सियल कारण छ । त्यो फाइनान्सियल कारण के हो भने उचित परामर्श नभएर हो ।
काम गरेर तिर्छु भन्दा पनि सक्दैन किनभने काम गरेर १३ पाउण्ड कमाएको हुन्छ, १३ हजार पाउण्ड तिर्नुपर्ने हुन्छ । खानबस्नको त कुरा छोडौं । यता आमाबुबा भन्न थाल्छन् ‘ए बाबु, त्यहाँ पल्ला घरेले त पठाइसक्यो, तैँले किन पठाइनस् ।’ अहिले हाम्रा ९० प्रतिशत नेपाली विद्यार्थीहरू यस्तै भिसामा छन् ।
विदेश पढ्न जान सक्ने आर्थिक अवस्था नभएकाहरू पनि विदेश गइरहेको अवस्था छ । धेरैजसो अभिभावकहरूले ऋण लिएर, जग्गा बेचेर बच्चालाई पठाएका हुन्छन्, त्यसपछि आशा के हुन्छ भने बच्चाले त्यो ब्याज तिरिदियोस्, ऋण तिर्ने त आशा हुँदैन, छोराछोरीले ब्याज तिरिदियोस् भन्ने आशा हुन्छ । विद्यार्थीलाई आधा ट्युसन फी तिरेर पठाइएको हुन्छ ।
युनिभर्सिटीको फी टोटल ३० लाख लाग्ने भए पनि अभिभावकहरू नआत्तिऊन् भनेर कतिपय कन्सल्टेन्सीहरूले २० लाखमा पनि जान मिल्छ भन्दिन्छ । कसरी जान मिल्छ भने आधा फी तिरेर जान मिल्छ । बाँकी आधा फी कसरी तिर्ने थाहा हुँदैन । त्यहाँ गएर कमाउँदै तिर्दै गर्न सकिन्छ भन्ने भ्रममात्रै हो । मानिलिऊँ, सेप्टेम्बरमा गएको विद्यार्थीले जनवरीमा फी तिर्नुपर्छ या जनवरीमा गएको छ भने अप्रिल, मेमा फी तिर्नुपर्छ । त्यो अवस्थामा के हुन्छ भने त्यहाँ पुगेको भर्खर तीन महिनामात्रै भएको हुन्छ । आमाबुबाले हजार, १५ सय पाउण्ड दिएर पठाएको हुन्छ, जुन तीन महिनालाई मात्रै पुग्ने पैसा हुन्छ तर युनिभर्सिटीले तैँले फी तिरिनस् भने तँलाई निकालिदिन्छु भन्छ । निकालिदियो भने त भिसा सिद्धियो । काम गरेर तिर्छु भन्दा पनि सक्दैन । किनभने काम गरेर १३ पाउण्ड कमाइ हुन्छ, १३ हजार पाउण्ड तिर्नुपर्ने हुन्छ । वर्षभरि काम गरेको पैसाले पनि त्यो फी तिर्न पुग्दैन । खानबस्न त कुरै छोडौं । यता आमाबुबाले भन्न थाल्छन्, ‘ए बाबु, त्यहाँ पल्ला घरेले त पठाइसक्यो, तंैले किन पठाइनस् ।’ अहिले हाम्रा ९० प्रतिशत नेपाली विद्यार्थीहरू त्यस्तै भिसामा छन् ।
यताबाट बुबाआमाको ऋण तिर्न सकेको छैन, युनिभर्सिटीको फी तिर्न सकेको छैन अनि विद्यार्थी अन्धकारमा हुन्छ । उसले बाटो देख्दैन, बाटो नदेखेपछि त्यही अवस्था आउँछ । अहिले पनि बेलायतमा मानसिक तनावमा भएका धेरै बच्चाहरू छन् । जसबारेमा यहाँ कुरा नै हुँदैन । त्यसैले म भन्छु, अहिले सकीनसकी विदेश पढ्न जानुपर्ने अवस्था छैन । जो विद्यार्थीले सक्दैन, विदेशकै जस्तो गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाहरू नेपालमै पनि धेरै छन् ।
त्यसैले बच्चाहरूलाई विदेशमै पठाउने भए पनि यहीँ पढाएर यही स्किलफुल बनाएर पठाऊँ । ब्याचलर्स पढ्ने विद्यार्थीहरू यहीँ नै पढून् । तीन वर्षसम्म सरकारले एनओसी नै बन्द गरोस् । किनभने यहीँ पढाएर, यहीँ रोजगारी सिर्जना गर्न सकियो भने देशले केही पाउने हो । सिटिइभिटीको ट्रेनिङ सर्टिफिकेट भएको विद्यार्थीलाई मात्र सरकारले एनओसी देओस्, किनभने हाम्रा विद्यार्थी विदेश गएर स्किल छैन भनेर बाटोमा सुत्नुपर्ने दिन नआओस् । फाइनान्सियल डकुमेन्ट चेक गरेरमात्र एनओसी देओस् । बेलायतका युनिभर्सिटीहरूले हामीलाई नेपाली विद्यार्थीले तीन वर्ष पुग्ने फाइनान्सियल लोन पेपर दिन्छ तर किन सेकेण्ड इयरको फी पनि तिर्न सक्दैनन् भनेर सोधिरहन्छन् तर हामीसँग कुनै जवाफ हुँदैन । हुँदाहँुदा अहिले यस्तो दिन आइसक्यो कि हामीले भारत र बिहारको डुप्लिकेट सर्टिफिकेट आयो भन्थ्यौं, अहिले नेपालकै सर्टिफिकेट डुप्लिकेट आउन थालिसक्यो । (कार्की बिज एजुकेसन(युके)को डाइरेक्टर हुनुहुन्छ ।)






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच