झापा । यहाँको बुद्धशान्ति गाउँपालिका-३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छभने डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताउनुभयो । हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच