दमौली (तनहुँ) । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ।
तनहुँ क्षेत्र नम्बर १ र २ को क्षेत्रीय कमिटी बैठकले उम्मेदवार चयन गरेको हो। एमाले तनहुँका अध्यक्ष हरिराज कँडेलका अनुसार क्षेत्र नम्बर १ मा आठ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार सिफारिस भएका छन्।
क्षेत्र नम्बर १ का उम्मेदवारः भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, पूर्णबहादुर गुरुङ, अनिल पाण्डे, प्रेमबहादुर राना, रामबहादुर गुरुङ, शोभा गुरुङ र मोहन सुनार।
क्षेत्र नम्बर २ का उम्मेदवारः केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र वाग्ले र नरेन्द्र वाग्ले।
एमालेले सबै उम्मेदवारलाई आगामी निर्वाचनका लागि तयार पार्न क्षेत्रीय स्तरमा तयारी अघि बढाउने जनाएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच