काठमाडौं । आइसिसी वुमन्स टी-२० विश्व छनोटअघि नेपालले तीन देशसँग तयारी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले माथिल्लो मूलपानी क्रिकेट मैदानमा बुधबारदेखि सिरिज खेल्नेछ । यस्तै, शुक्रबार स्कटल्याण्ड र आइतबार जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका दुई मैदानमा पुस २८ देखि हुने विश्वकपमा छनोटका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ । इन्दु बर्माको कप्तानी रहेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान, रुविना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय हुनुहुन्छ । टी-२० विश्वकपको विश्व छनोटका खेल नेपालको त्रिवि मैदान र मूलपानी मैदानमा हुनेछन् । खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्याण्डविरूद्ध हुनेछ ।
समूह ‘बी’ मा नेपालले स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले आयरल्याण्ड र अमेरिकासँग वाम अप खेल खेल्नेछ । छनोटमा १० देश सहभागी हुनेछन् । तीमध्ये शीर्ष चार देश इंग्ल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
समूह ‘ए’मा बंगलादेश, आयरल्याण्ड, पिएनजी, नामिबिया र अमेरिका छन् । यस्तै, समूह ‘बी’मा स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे, नेदरल्याण्ड्स र नेपाल छन् । नेपाल भर्सेस थाइल्याण्ड- माथिल्लो मूलपानी मैदान- माघ ४ गते, नेपाल भर्सेस नेदरल्याण्ड्स- माथिल्लो मूलपानी मैदान- माघ ८, नेपाल भर्सेस जिम्बावे- त्रिवि मैदान- माघ १० र नेपाल भर्सेस स्कटल्याण्ड- त्रिवि मैदान- माघ १२ गते खेल हुनेछन् ।
टेष्ट राष्ट्रसँग खेल्ने अवसर
ग्लोबल छनोटमा शीर्ष चारमा स्थान बनाउँदा नेपालले पहिलोपटक विश्वकप खेल्न अवसर पाउनेछ । यससँगै टेष्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध खेल्ने मौका नेपालसमक्ष छ । इंग्ल्याण्डमा आगामी १२ जुनदेखि ५ जुलाईसम्म हुने आइसिसी महिला टी-२० विश्वकपको समूह विभाजन भइसकेको छ । समूह ‘ए’मा अष्ट्रेलिया, भारत, पाकिस्तान र दक्षिण अफ्रिका छन् । समूह ‘बी’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, श्रीलंका र वेष्ट इण्डिज रहेका छन् । यी दुवै समूहमा ग्लोबल छनोटबाट आउने समान दुई राष्ट्रले स्थान बनाउनेछन् । यस अर्थमा ग्लोबल छनोटमा शीर्ष चार स्थानमात्र रक्षा गर्दा नेपालले महिला क्रिकेटकै शक्तिशाली राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ । आइसिसीले ग्लोबल छनोटपछि मात्र वरीयताअनुसार चार राष्ट्रलाई समूहमा समावेश गर्नेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच