नुवाकोट । नेपाली शिक्षा क्षेत्रमा पछिल्लो समय धेरैभन्दा धेरै प्रविधिहरू भित्रिने क्रम जारी नै छ । अझ भनौ विश्वको शिक्षा प्रविधिबाट नै दिइरहैको अवस्था छ । तर नेपाली शिक्षा क्षेत्र प्रविधिसँग झ्यांगिन केही वर्ष अवश्य लाग्नेछ ।
कतिपय प्रविधिमा भन्दा हाम्रै आँखाअघिपछि भइरहेका गतिविधिले स्थान नपाएको अवस्था छ । पछिल्लो समय प्रविधि सँगसँगै विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य अवस्थामा शारीरिक तन्दुरुस्त कम भइरहेको पाइन्छ । किनभने प्रविधि सँगसँगै उनीहरू हरेक खेलहरू मोबाइलमै खेल्ने, कम्प्युटरमा खेल्नेलगायतका प्रविधिका साधनमा खेल्ने गरिरहेका छन् । पहिले जस्तो खेल खेल्ने दौडने, हामफाल्ने, उफ्रने अथवा हरेक क्रियाकलाप हाल बिरलै पाइन्छ । किन कि सबै यो प्रविधिको विकास हो ।
त्यसैनुरूप विद्यार्थी विद्यालयमा पढ्न बस्दा अल्छी हुने, झोक्राउने, सुस्त हुने खालको समस्या छन् । मन अन्त डुलाउने, केही उफ्रियो अथवा थोरैमात्र चल्यो भने शरीरका अंगहरू दुख्ने भएर पनि उनीहरू केही रोगी अवस्थामा पुगेको स्वास्वथ्य विज्ञहरू बताउँछन् । यस्तै विषयलाई मध्यनजर गर्दै नृत्य निर्देशक छेडुप लामाले अपनाउनुभयो विद्यार्थीका लागि स्वास्थ्य, शारीरिक तथा मानसिक तन्दुरुस्त राख्नका लागि एउटा नृत्यांग ।
छेडुप लामाको नृत्यांगमा ‘डान्स इज फिजिकल साइन्स, डान्स इज सोसल साइन्स, डान्स इज म्याथम्याटिक्स् साइन्स, डान्स इज मेन्टल्ली हेल्थ’ लगायत पाठ्यक्रममा समावेश हुने जीवन उपयोगी नृत्य तथा स्मार्ट एसेम्बली परियोजना गर्नुभयो । सोहीनुरूप ककनी गाउँपालिकास्थित रानीपौवामा अवस्थित भवानी माध्यमिक विद्यालय र बेलकोटमा अवस्थित नवजीवन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
जसमा नृत्य निर्देशक लामाले करिब १२ सयभन्दा बढी विद्यार्थीलाई स्मार्ट एसेम्बलीमार्फत पिटी गराउनुभएको थियो । उक्त स्मार्ट एसेम्बलीद्वारा विद्यार्थीको दैनिकी जीवनमा परिवर्तन आउने शारीरिक तथा मानसिक परिवर्तन आउने बताउनुहुन्छ । त्यस्तै विद्यालयका शिक्षकले पनि स्मार्ट एसेम्बलीपश्चात् विद्यार्थीको शारीरिक मात्र नभई मानसिक तथा संस्कारलगायत क्रियाकलापमा परिवर्तन आएको बताउनु हुन्छ ।
स्मार्ट एसेम्बलीको बारेमा नवजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद लामा भन्नुहुन्छ, ‘स्मार्ट एसेम्बली भनेको स्मार्ट एसेम्बली नै रहेछ । विद्यार्थीलाई साँच्चिकै स्मार्ट बनाइसकेको छ । एक हप्तामा विद्यार्थीलाई निकै फुर्तिलो तन्दुरुस्त बनाएको छ । अझै यस्ता कार्यक्रम यहाँमात्र नभई देशैभरिका विद्यालयका विद्यार्थीसमक्ष पु¥याउन सकियो भने शिक्षामा अर्कै फड्को मार्ने थियो ।’
त्यस्तै, रानीपौवास्थित भवानी माध्यमिक विद्यालयका प्रधानध्यापक जन्मजय लामा भन्नुहुन्छ, ‘विद्यालयमा साधारणत पिटी गराउँदै आएका थियौं, तर लामा सर आएर अलि फरक किसिमको पिटी गराइदिनुभयो ।’ यसमा विशेषगरी विद्यार्थीलाई डान्समा रमाउँदै गर्ने, पिटी गर्दै गर्ने र आफ्नो क्षमताको विकास पनि गर्दै गर्ने यो उपायबारे विद्यार्थीले मन पराएको उहाँको बुझाइ छ । यस्तै, स्मार्ट एसेम्बलीको बारेमा ककनी गाउँपालिकाको सहायक विद्यालय निरीक्षक महेशप्रसाद बडु भन्नुहुन्छ, ‘मग्रमा स्मार्ट एसेम्बली भन्नुपर्दा शारीरिक, मानसिक तथा हरेक कुरामा विद्यार्थीलाई तन्दुरुस्त गराउने एउटा उपाय रहेछ । स्मार्ट एसेम्बली उत्प्रेरणा दिने खालको एउटा रोचक तवर पनि हो भन्ने मैले बुझेँ ।’
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ भन्नुहुन्छ, ‘स्मार्ट एसेम्बली भनेको साँच्चिकैको स्मार्ट एसेम्बली रहेछ । यसको प्रभावकारिता एक विद्यालयमा मात्र नभई देशभरि नै बढाउनुपर्ने जस्तो मलाई लाग्छ ।’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच