काठमाडौं । कवि नियात्राकार तथा समीक्षक छविरमण सिलवालको नयाँ नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पित भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमबीच नियात्राकार सिलवालका साथै साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, सुमन सौरभ, केशव पराजुली, नन्दु उप्रेती, मधु पाठक र प्रदीप सापकोटाले कृति सार्वजनिक गर्नुभएको हो ।
साहित्यकार ‘रोदन’ले सिलवालले पाठकलाई आफूसँगै अमेरिकाको यात्रा गराउन सक्षम भएको उल्लेख गर्नुभयो । प्रकाशन संस्था भुँडीपुराणका सञ्चालक पराजुलीले कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
करिब १० कृति प्रकाशित गरिसक्नुभएका सिलवालको यो दोस्रो नियात्रा कृति हो । यस कृतिमा १३ वटा नियात्रा समावेश छन् । यस कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर