काठमाडौं । एनआइसी एसिया बैंकको इटहरी शाखामा प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाको बैंकले निन्दा गरेको छ । बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने उल्लेखित गैरकानुनी तथा उच्छृंखल गतिविधि स्वीकार्य नहुने र त्यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीसँगसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पुर्याउने उद्देश्यसाथ पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थ छर्कने जस्ता कानुनद्वारा वर्जित गम्भीर क्रियाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पु¥याइरहेको बैंकिङ क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था छ । कुनै पनि वहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्तिउपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग यस बैंक हार्दिक अनुरोध गर्दछ ।’





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच