झापा । पछिल्लोपटक झापाको कनकाई पुलसहित पूर्वका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम आतंक मच्चाउने खगेन्द्र खरेल (सञ्जय) लाई झापा प्रहरीले पक्राउ गरेको छ । ती घटनाका मुख्य आरोपी खरेललाई बिहीबार पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । खरेल पटके आरोपी हुन् ।
झापाको कनकाई नगरपालिका-८ का स्थायी बासिन्दा खरेलले झापा र सुनसरीका विभिन्न स्थानमा विस्फोटक पदार्थ राखेर विगतदेखि नै जनजीवन त्रसित बनाउँदै आएका थिए । ५५ वर्षीयखरेल बम विस्फोटमा समेत संलग्न रहँदै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ । खरेलले पुस १९ गते कन्काई पुलको उत्तरी तर्फकी भागमा प्रेसर कुकर बम राखेका थिए । सो शङ्कास्पद बम नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीले निष्क्रिय पारेको थियो ।
त्यसदिन सेनाले घटनास्थलबाट सनातन सुरक्षा सेना नेपालको पर्चासमेत फेला परेको थियो । कनकाई-४ को सो घटनामा खरेलको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र खड्काले पुष्टि गरेका छन् ।
खरेलको आपराधिक पृष्ठभूमि लामो छ । उनले २०८१ पुसमा इटहरी उपमहानगरपालिका अगाडि बम राखेको पुष्टि त्यसैबेला भएको थियो । उनी त्यसबेला समेत पक्राउ परेका थिए । उनको पृष्ठभूमि आतङ्ककारी गतिविधिमा संलग्नतासँग मिल्दोजुल्दो भएको प्रहरीको भनाइ छ ।
२०७८ चैतमा इटहरी उपमहानगरपालिका-२ को एक घरको कोठामा बम विस्फोट हुँदा दुई जना घाइते भएका थिए । त्यस घटनामा पनि उनको सम्लग्नता खुलेको थियो । खरेलले लामो समयदेखि झापाको बिर्तामोड र दमक क्षेत्रमा पटकपटक बम आतङ्क मच्चाउँदै आएको प्रहरी रेकर्डमा छ ।
पटकपटक पक्राउ पर्दै र छुट्दै आएका खरेलको जेलबाट फरार भएको खराब रेकर्ड समेत छ। उनी सुनसरीको झुम्का कारागारबाट फरार भएका थिए । खरेल २०८१ चैतमा पनि पक्राउ थिए । त्यसअघि खरेल दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेका थिए ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच