काठमाडौं । उच्च अदालत पाटनले टोपबहादुर रायमाझीको थुनामुक्तको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । भुटानी शरणार्थी प्रकरणमा थुनमा रहनुभएका रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्चमा निवेदन दिनुभएको थियो ।
उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाले कारागार पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई जिल्ला अदालतले १ असार २०८० मा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो ।
यसअघि पुस ११ गते जिल्ला अदालत काठमाडौंमा रायमाझीले थुनामुक्तको निवेदन दिनुभएको थियो । तर, जिल्ला अदालतले मागबमोजिम नहुने आदेश दिएपछि उनी उच्च अदालत पुग्नुभएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्लाको आदेशपछि रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना कारागार चलान हुनुभएको थियो । धरौटी बुझाएर खाँण थुनामुक्त भइसक्नुभएको छ भने रायमाझी दुई वर्षदेखि कारागारमै हुनुहुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर