भोजपुर । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ ।
धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्वपूर्ण मानिने रुद्राक्षको व्यावसायिक खेती विस्तारसँगै यहाँका किसानहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ । प्राकृतिक रूपमा रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुर जिल्लामा यसको खेती र यसबाट हुने आम्दानी पनि बढेको छ ।
“यहाँ रुद्राक्षका करिब एक लाख विरुवा छन् र यो नगरपालिका नेपालको रुद्राक्षको राजधानी हो । रुद्राक्षको व्यापारबाट हामीले करिब सय करोड आम्दानी गरिरहेका छौं । यहाँबाट हामीले एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री गरेका छौं । मुख अनुसार यसको मुल्य पनि फरक हुने गरेका छन् । यहींबाट एकजना किसानले २१ मुखे रुद्राक्ष ७४ लाखमा पनि व्यापारीलाई बिक्री गर्नु भएको छ ।” षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले नेपाल फोटो लाइब्रेरिलाई भने ।
अहिले भोजपुरका साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका बगैँचा विस्तार हुँदै गएका छन्। पहिले जङ्गलमा प्राकृतिक रूपमा पाइने रुद्राक्ष वर्षौंदेखि व्यवसायिक रूपमा खेती गर्न थालिएको छ ।
यहाँका स्थानीय किसानहरूका अनुसार रुद्राक्ष खेती दीर्घकालीन भए पनि एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म राम्रो आम्दानी लिन सकिन्छ ।
यहाँ उत्पादन हुने रुद्राक्ष धार्मिक संगसंगै सजावट र श्रृङ्गारका लागि पनि उपयोग हुँदै आएका छन् । यहाँ उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्री लगायतका वस्तुहरु बनाउने गरिन्छ ।
हाल भोजपुरमा उत्पादन भएका रुद्राक्ष तथा सामग्रीहरू नेपालकै काठमाडौं, धरान, विराटनगर लगायतका क्षेत्रका साथै भारत र चीनमा समेत निर्यात हुने गरेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच