काठमाडाैं । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार कटौती गर्ने प्रश्ताव पारित गरेको छ । भेनेजुएलामा गरिएको हालैको आक्रमण र त्यसपछि उत्पन्न बढ्दो तनावका बीच सिनेटका सदस्यहरूले यो कदम चालेका हुन् । यस प्रश्तावको मुख्य उद्देश्य अमेरिकी कंग्रेसको स्पष्ट स्वीकृति बिना राष्ट्रपतिलाई भेनेजुएलाविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्नु हो ।
सिनेटमा भएको प्रारम्भिक प्रक्रियामा यो प्रश्तावमाथि छलफल गर्न बहुमत सदस्यहरू सहमत भएका छन् । विशेष गरी डेमोक्र्याट र केही रिपब्लिकन सिनेटरहरूले राष्ट्रपतिको एकल निर्णयले अमेरिकालाई अर्को लामो र अनावश्यक युद्धमा धकेल्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
ह्वाइट हाउसले भने यसलाई राष्ट्रपतिको संवैधानिक अधिकार र राष्ट्रिय सुरक्षाको मामिलामा अनावश्यक हस्तक्षेप भन्दै विरोध जनाएको छ । यदि यो प्रश्ताव अन्तिम रूपमा पारित भयो राष्ट्रपतिले कंग्रेसको औपचारिक अनुमोदन वा अमेरिकामाथि प्रत्यक्ष आक्रमण भएको अवस्थामा बाहेक सैन्य बल प्रयोग गर्न पाउने छैनन् ।
ट्रम्प भन्छन्ः सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नका लागि सजिलो वा कठिन तरिकाले सम्झौता गर्ने बताउनुभएको छ । ह्वाइट हाउसले ग्रीनल्याण्डका बासिन्दाहरूलाई अमेरिकामा सामेल हुन सहमत गराउन पैसा तिर्नेबारे विचार गरिरहेको भन्ने सञ्चार माध्यमको रिपोर्टबारे सोधिएको प्रश्नमा ट्रम्पले आफू अहिले ग्रीनल्याण्डका लागि पैसाको बारेमा कुरा नगरिरहेको बताउनु भयो ।
अमेरिकी सञ्चार माध्यमकाअनुसार अमेरिकाका लागि डेनिस राजदुत जेस्पर मोलर सोरेन्सन र अमेरिकाका लागि ग्रीनल्याण्डका प्रतिनिधि प्रमुख ज्याकोब इबोसेथसेनले बिहीवार ह्वाइट हाउसका अधिकारीहरूसँग भेट गरेका थिए ।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ग्रीनल्याण्डको मागका सन्दर्भमा अमेरिकी सेनाको उपयोग सधैं एक विकल्प रहेको बताएको छ । ग्रीनल्याण्ड र डेनमार्क दुवैले यो टापु विक्रीको लागि नभएको स्पष्ट पारेका छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच