जेनेभा । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाखभन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।
पत्रकारसँगको नियमित साक्षातकारमा बोल्दै लार्केले सुडानमा करिब तीन करोड ४० लाख मानिसलाई अहिले मानवीय सहायताको आवश्यकता रहेको उल्लेख गर्दै सुडानको सम्पूर्ण क्षेत्रमा संकट फैलिएको जनाउनु भएको छ । उहाँले सुडानले विश्वको सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको कुरामा जोड दिँदै ९३ लाख मानिस देशभित्रै विस्थापित भएको र ४३ लाखभन्दा बढी सीमा पार भागेको बताउनुभएको छ ।
ओसिएइचएका अनुसार एल फासेर र काडुगलीमा अनिकालको पुष्टि भएको छ र कम्तीमा २० अन्य क्षेत्र जोखिममा छन् । हाल देशभरि दुई करोड १० लाखभन्दा बढी मानिस तीव्र रूपमा खाद्य असुरक्षामा रहेको अनुमान गरिएको लेर्केले उल्लेख गर्नुभयो ।
महिला तथा बालबालिकाले सबैभन्दा ठूलो बोझ झेलिरहेको बताउँदै । महिला-नेतृत्व भएका परिवारले खानाको लागि पर्याप्त नभएको उल्लेख गर्दै भोकमरी बढ्दै गइरहेको उल्लेख गर्नुभएको छ । लार्केले संयुक्त राष्ट्रले स्थायी शान्तिका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको कडा पालनाका लागि वास्तविक कदम चाल्न आग्रह गरिरहेको बताउनुभएको छ । रासस/सिन्ह्वा







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच