विश्वेश्वरप्रसाद कोइरालाको विचार, सुवर्ण शमशेरको सांगठनिक चुस्तता, गणेशमान सिंहको अदम्य साहस, कृष्णप्रसाद भट्टराईको त्याग र गिरिजाप्रसाद कोइरालाको अडानबाट गतिशील पार्टी हो नेपाली कांग्रेस । नेपालको राजनीतिमा सबैभन्दा पुरानो पार्टी हो कांग्रेस । नेपालका हरेक आन्दोलनको अगुवा गरेको पार्टीका रूपमा नेपाली कांग्रेसलाई लिने गरिएको छ राजनीतिको इतिहासमा । प्रजातान्त्रिक संस्कारलाई बोकेको यो पार्टी आज ठूलो अग्निपरीक्षामा रहेको देखियो । राजनीतिक संस्कार, दर्शन र सिद्धान्तलाई गतिशील बनाउन नसकेको यो पार्टीको अवस्था के हुने होला ? भन्ने चिन्ता आजका आमकांग्रेसी कार्यकर्तामा देखिएको छ ।
शेरबहादुर देउवा नेपाली कांग्रेसको कार्यबाहक सभापति तोकेपछि उक्त पार्टीका अभिभावकका रूपमा रहन्छन् जस्तो लागेको थियो । त्यो हुनसकेन । उनी सक्रिय भए पुनः राजनीतिमा । आफूले बेहोरेको क्षतिलाई समेत बेवास्ता गर्दै । किन सक्रिय भए । उनै जानून् । राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरिसके ।
जेन-जी आन्दोलनपछिको अवस्थामा नेपाली कांग्रेसले आफूलाई सच्चाउन सकेन । संसदीय निर्वाचन हुनुपूर्व नै महाधिवेशनबाट नयाँ नेतृत्वको विकास होला र नयाँ नीतिमा कांग्रेस जाला भन्ने सोच प्रायः नेपाली जनमानसमा देखिएको थियो । त्यो अवस्था आउन सकेन । विधानसम्मत तरिकाले विशेष महाधिवेशन महामन्त्रीद्वयले आह्वान गरेका छन् । अबको अवस्था के हुने हो केही दिनमा बाहिर आउनेछ । तर, कांग्रेस विभाजन हुनुहुँदैन भन्ने आशा नेपालको लोकतन्त्रलाई माया गर्ने सबैको चाह भने हो । यदि यो पार्टी विभाजन भयो भने नेपालको राजनीतिले एकपटक पुनः क्षति बेहोर्नेछ ।
संदिग्ध देउवा
जेन-जी आन्दोलनमा भौतिक र शारीरिक क्षति बेहोरेका नेपाली कांग्रेसका सभापति कार्यवाहक सभापति दिएर देशबाहिर गए । उनले केन्द्रीय समितिमा आफ्नो विज्ञप्ति सारै शालीन तरिकाले राखेका थिए । उनमा अब सुधार आयो भन्ने भावनामा नेपाली कांग्रेसका कार्यकर्ता थिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो जिम्मेवारीलाई विस्तारै निर्वाह गर्दै थिए । नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन संसदीय निर्वाचनपूर्व हुनुपर्ने अडान आममतदाताको थियो तर दिन तोकिँदै पछि सार्दै गरियो महाधिवेशनलाई । किन सारियो असल नियतले वा गलत नियतले हो त्यो केन्द्रीय समिति र महाधिवेशन हुन नदिने पक्षले नै जानोस् ।
चौधौं महाधिवेशनका महाधिवेशन प्रतिनिधिको चौवन्न प्र्रतिशतले विशेष महाधिवेशनको आह्वानसहितको हस्ताक्षर कांग्रेसको पार्टी कार्यालयमा दर्ता गराए । नियमित अधिवेशन गर्न सफल नभएमा विशेष महाधिवेशन गरौं भन्दै महामन्त्री सक्रिय रहे । उनीहरूले यही पौष २७ र २८ गते विशेष महाधिवेशनको समम तालिका सार्वजनिक गरे । कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा विशेष महाधिवेशनमा होमियो कांग्रेस । के हुने हो हेर्न बाँकी नै छ ।
शेरबहादुर देउवा नेपाली कांग्रेसको कार्यबाहक सभापति तोकेपछि उक्त पार्टीका अभिभावकका रूपमा रहन्छन् जस्तो लागेको थियो । त्यो हुन सकेन । उनी सक्रिय भए पुनः राजनीतिमा । आफूले बेहोरेको क्षतिलाई समेत बेवास्ता गर्दै । किन सक्रिय भए । उनै जानून् । राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरिसके । यो उनको सक्रियताले नेपाली कांग्रेसको अवस्थामा नयाँपन त आएन पुरानो व्यक्तिको सक्रियता र चुनावी तालमेलमा पुनः फस्नुलाई उनको नियतप्रतिको सरलता मान्न सकिँदैन । अभिभावकको भूमिकामा रहेर महामन्त्रीहरूसित संवादमा रहनुपर्ने उनी आफ्नै कोठरीका व्यक्तिसित परामर्शमा छन् । एउटा सत्य के भने उनका प्रतिस्पर्धी मानिएका शेखर कोइरालालाई समेत आफ्नो पोल्टोमा पार्न सफल भए ।
उनको यो विजय हुन सक्ला ? तर अभिभावकीय पक्ष भने देउवाको कमजोर देखियो । विशेष महाधिवेशन चाहने पक्षको नेतृत्व गरिरहेका महामन्त्रीहरूलाई संवादमा ल्याएर निकास निकाल्न सके भनेमात्र देउवाको अभिभावकीय व्यक्तित्वमा नयाँ उचाइ आउनेछ । त्यसो हुनसकेन भने देउवा पुनः नेपाली कांग्रेसको इतिहासमा जटिल व्यक्तिका रूपमा चिनिनेछन् । अबको बाटो देउवाको सफल अभिभावक बनेर पार्टीलाई एकताबद्धरूपमा अघि लैजान सक्नु हो । यसमा सफल भए भनेमात्र कांग्रेसका असल नेता उनलाई मानिनेछ इतिहासमा ।
नेकपा एमालेसित गठबन्धन गरेर निर्वाचनमा जाने सोच देउवाको बनेको देखिन्छ । एमाले र कांग्रेसको गठबन्धनबाट सरकार निर्माण भएमा पुनः प्रधानमन्त्री बन्ने आकांक्षा भित्रीरूपमा देउवाले पालेको देखिन्छ । यदि यो हो भने देश र नेपाली कांग्रेसका लागि नै इतिहासमा सबैभन्दा घातक हुनेछ । नेपाली युवाले देउवालाई भदौ २४ गते जुन अवस्थामा पु¥याए यो उनले बिर्सनु हुँदैन । अबको बाटो उनको विश्राम नै हो सक्रिय राजनीति होइन । हुन त महन्थ ठाकुर जस्ता व्यक्ति समेत राष्ट्रिय सभामा जान चाहनु भनेको सत्ता स्वाद नै हो । नेपालको राजनीतिमा परिवर्तन नचाहने हो भने देशका जनताले अबको बाटो मूलधारका पार्टीलाई निर्वाचनबाट नै विस्थापित गर्नु हो । सन्देहको भूमिकामा रहेका देउवालाई राजनीतिबाट विश्राम लिनु आवश्यक छ नेपाली कांग्रेसको हितका लागि र आफ्नो पनि हितका लागि । यही आजको नेपाल, नेपाली कांग्रेसका कार्यकर्ता र मतदाताको चाह पनि हो ।
कठिन मोडमा कांग्रेस
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । देशमा प्रजातन्त्रका लागि सदा आफूलाई दह्रो रूपमा उभ्याएको पार्टी पनि हो । यो इतिहासमा आज पनि सुरक्षित नै छ । जेन जी आन्दोलनपछि नेपाली कांग्रेसको अवस्था सारै कठिन रहेको देखियो । पार्टीमा आवश्यक सुधार गरेर निर्वाचनमा जाने हो भने आज पनि कांग्रेसलाई माया गर्ने मतदाता नभएका होइनन् । मतदाता छन् । मतजाहेर गर्छन् कांग्रेसका नेतालाई । गठबन्धन आजका नेपाली कांग्रेसी कार्यकर्ताको चाहना पनि होइन तर बाध्य बनायो नेपालको राजनीतिले कठिन मोडमा पुग्न कांग्रेसलाई ।
नेपाली युवाले आज गगन थापालाई विश्वास गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान काठमाडौं महानगरप्रमुख बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमियो । बालेनको मूल प्रतिस्पर्धी नेपाली कांग्रेसको राजनीतिमा गगन नै देखिएका छन् । यो कठिन घडीमा कांग्रेसले यो निर्णयलाई सार्वजनिक गरेर जानुपर्नेमा उसैलाई नै कोपभाजनको शिकार बनाउनु राम्रो पक्कै पनि होइन ।
नेपाली कांग्रेसका शेरबहादुरपछिका आशाका केन्द्र शेखर कोइराला थिए । उनी पनि आफूलाई अडानमा राख्न सकेनन् वर्तमान समयमा । उनले वर्तमान कांग्रेसको कठिन समयलाई किनारा लगाएर कांग्रेस जनमा खुशीको लहर दिन सक्थे । उनी पनि चुके । उनीबाट पनि कांग्रेस गतिशील हुन सक्दैन भन्ने तथ्यलाई प्रमाणित गरिदिए । देउवा आफूनिकट मानिने नेताको गुप्त सल्लाहबाट चलेका हुन् भने आज उनको अवस्था कमजोर हो । कांग्रेसको वर्तमान नेतृत्वबाट कांग्रेस जनमा रक्तसञ्चार नहुने तथ्यलाई स्वीकार गर्न सकिन्छ । नेतृत्व परिवर्तन आजको कांग्रेसको चाह पनि हो । जो आउला आउन दिऊँ । किन कसैलाई रोक्ने र रोक्नका लागि खेल खेलिरहने हो ।
नेपालीयुवाले आज गगनथापालाई विश्वास गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान काठमाडौं महानगरप्रमुख बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमियो । बालेनको मूल प्रतिस्पर्धी नेपाली कांग्रेसको राजनीतिमा गगन नै देखिएका छन् । यो कठिन घडीमा कांग्रेसले यो निर्णयलाई सार्वजनिक गरेर जानुपर्नेमा उसैलाई नै कोपभाजनको शिकार बनाउनु राम्रो पक्कै पनि होइन । इतिहास सबै गतिलो हुँदैन । इतिहास कलंकित पनि हुने गर्दछ । नेपाली कांग्रेसको इतिहास नेपालको राजनीतिमा राम्रो छ । प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टी आज आन्तरिक लोकतन्त्रको अभावबाट गुज्रिरहेको छ । एकले अर्कालाई निषेध गर्ने राजनीतिको गोेलचक्करमा कांग्रेस फसेको छ ।
यो अवस्था नआओस् भन्ने आमनेपालीको चाहना हो तर त्यसो भएन । इतिहासको यो कठिन घडीलाई नेपाली कांग्रेसले छिचोल्नेछ भन्ने विश्वासमा आमकार्यकर्ता देखिएको छ । कांग्रेस आफूलाई मात्र होइन देशलाई समेत निकास दिने पार्टी हो । आजसम्म नेपालमा जे जति परिवर्तन भयो त्यसको नेतृत्व कांग्रेसले नै गरेको हो । आज त्यही पार्टीमा देखिएको आन्तरिक कलह नेपाली जनता र नेपालको राजनीतिका लागि स्वस्थकर हुन सकेन । सच्चिन आवश्यक छ । सच्चिने क्रममा कोही सकिएला कोही उठ्ला त्यो कार्यकर्ताको विषय हो । महामन्त्री पार्टीका पदाधिकारी हुन् । उनीहरू चुनिएर आएका प्रतिनिधि पनि हुन् । उनीहरू विधानविपरीत छन् जस्तो लाग्दैन पनि ।
विधानसम्मत तरिकाले गतिशील बनेका उनको भावनालाई बुझौं । उनीहरूको चाहनामात्र होइन । आमनेपालीको चाहना हो कांग्रेसप्रतिको भावना । यसलाई बुझ्नु आवश्यक छ । छोरो रिसाए बुबा अभिभावक बन्ने हो । आजको छोरोलाई घुर्की लगाउने होइन । सम्झाएर बुझाएर तिमीले हिँडेको बाटो ठीक छ वा छैन । के भन्ने हो भन्ने हो तर बाटोबाट खस्न लागेको छोरालाई बचाउने हो । सभापति ज्यू, महामन्त्रीद्वय हजुरको छोरा पुस्ताका हुन् ।
उनीहरू समझदार पनि छन् । खान पल्केर तपाईंको जयकार गर्ने खालका छैनन् । यो पक्कै हो । बाटो देखाएर नेपाली कांग्रेस जोगाउने जिम्मा हजुरको हो । सभापतिको हो । प्रधानमन्त्री भइसकेका व्यक्तिको हो । यो जिम्मेवार अवश्य निवर्नह गर्नुहुनेछ भन्ने विश्वास आजका नेपाली कांग्रेसका कार्यकर्ताको हो । खान पल्केका र सभापतिको गुणगान गाएर नथाक्ने व्यक्तिसित सचेत रही निकास निकाल्नेछ नेपाली कांग्रेसले ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच