काठमाडाैं । नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको सम्मानमा आज ललितपुरको पाटनमा ‘राष्ट्रिय टोपी दिवस दौड २०८२’ आयोजना गरिएको छ।
‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारले जानकारी दिनुभयो।
उक्त दौड प्रतियोगिता पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भई करिब ४.५ र ८ किलोमिटर दूरी तय गरिएको थियो।
राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरिएको यस दौडले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउनुका साथै स्वास्थ्य र एकताको सन्देश दिने विश्वास आयोजकले लिएका छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी














बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच