काठमाडाैं । अमेरिकी केन्द्रिय कमाण्डले शनिवार जानकारी दिएअनुसार अमेरिकी सेनाले सिरियाभर रहेका इस्लामिक स्टेट (आईएस) का विभिन्न स्थानहरूमा व्यापक आक्रमण गरेको छ ।
कमाण्डले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार स्थानीय समय अनुसार दिउँसो करिव १२ः३० बजे अमेरिकी र साझेदार सेनाहरूले यी स्ट्राइकहरू सम्पन्न गरेका हुन् । यो कारबाही अपरेशन हकआई स्ट्राइकको एक हिस्सा हो ।
जुन डिसेम्बर १९, २०२५ मा घोषणा गरिएको थियो । यो सैन्य कदम डिसेम्बर १३ मा सिरियाको पाल्मिरामा अमेरिकी र सिरियाली सेनामाथि भएको घातक आईएस आक्रमणको जवाफमा चालिएको हो । उक्त एम्बुसमा दुई अमेरिकी सैनिक र एक नागरिक दोभासेको ज्यान गएको थियो ।
ट्रम्पद्वारा इरानलाई चेतावनीः अमेरिका कडा कारबाहीमा उत्रिनेछ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार इरानको वर्तमान परिस्थितिबारे टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले इरान स्वतन्त्रताको खोजीमा रहेको दाबी गर्दै मध्यपूर्वको उक्त राष्ट्रलाई पुनः चेतावनी दिनुभयो । इरान सम्भवतः पहिले कहिल्यै नभएको जसरी स्वतन्त्रताको खोजीमा रहेको बताउनु भयो । संयुक्त राज्य अमेरिका सहयोग गर्न तयार रहेको बताउनु भयो ।
ट्रम्प र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेमा वासिङ्टनले कडा कदम चाल्ने चेतावनी पटक-पटक दिँदै आएका छन् । ट्रम्पले आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र विगतमा जस्तै दमन भएमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट पारेका छन् ।
मन्त्रालयले अमेरिकी भनाइहरूले इरानी जनताप्रति वासिङ्टनको निरन्तर शत्रुता झल्काएको बताएको छ । स्मरणीय छ कि इरानी मुद्रा रियालको मूल्यमा आएको तिब्र गिरावट र लामो समयदेखिको आर्थिक कठिनाइलाई लिएर डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न शहरहरूमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।
इरानी अधिकारीहरूले प्रदर्शनलाई स्वीकार गर्दै जनताका आर्थिक गुनासाहरू सम्बोधन गर्ने इच्छा व्यक्त गरेका छन् । तर हिंसा र तोडफोड नगर्न चेतावनी दिएका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच