दाङ । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका-१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएका हुन् ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटनामा हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ । उहाँकाअनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक बमका अनुसार बस आइतवार दिउँसो करिव १२ः३० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच