धरान । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाद्वारा आयोजित विजयपुर-साँगुरीगढी १० किलोमिटर दौड प्रतियोगितामा सेनाको देवीदत्त गणका सिपाही अर्जुन बुढा र महिलातर्फ पाँचथरकी पुष्पा शेर्माले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यसैगरी पाँच किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ संयोल लिम्बू र महिलातर्फ मन्दिरा महतारा प्रथम हुनुभएको छ ।
प्रतियोगिताका विजयी धावकलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसी, हिले बाहिनीका बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
१० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः १२ हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट १० स्थान हासिल गर्ने धावकलाई प्रमाणपत्रसमेत प्रदान गरिएको सल्लेरीस्थित भीमदल गणका गणपति गणेश थापाले जानकारी दिनुभयो । दुवै विधामा गरी कुल ३३४ जना धावकको सहभागिता थियो ।







बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले