ताप्लेजुङ । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप आज (सोमाबार)देखि सञ्चालन हुने भएको छ । गोल्डकप कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) का अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका-४ नेसुममा सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने भएको हो ।
फुङलिङमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपबारे जानकारी गराइएको थियो । आँप पानी युवा क्लबको आयोजनामा सञ्चालन हुने गोल्डकपमा क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिने क्लबका सचिव हेमन्त लिम्बूले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजकसहित आठ टिमको सहभागिता रहने जनाइएको छ । जसमा आयोजक आँप पानी युवा क्लब, लिभर्टी युवा क्लब ढुंगेसाघु, सिर्जनशील युवा क्लब तेम्बे, बुङ्धाक युवा क्लब साँघु, हाङपाङ चुङ्वा समाज हाङ्पाङ, मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिम, ग्रिन भ्याली स्पोर्टिङ क्लब नाल्बो र साथीभाइ सामाजिक युवा क्लब फुङलिङको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुनेले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष टेकबहादुर लिम्बूले जानकारी दिनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर