काठमाडौं । कवि कथाकार रासाको नवीन कथाकृति ‘कहर वृत्त’ एक कार्यक्रमबीच विमोचन गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, नारायण तिवारी, राजव, श्यामल, अविनाश श्रेष्ठ, रासालगायतले कृति विमोचन गर्नुभएको हो ।
साहित्यकार साकारले कथाकार रासाको काव्यकारिताको चर्चा गर्दै उहाँको कथाकृति पढ्न उत्सुक रहेको बताउनुभयो । यस्तै, समालोचक डा.भरतकुमार भट्टराईले कृतिको चिरफार गर्दै रासाले छोटा-छोटा कथामा नवीन विषयवस्तु उठाएको जिकिर गर्नुभयो ।
कवि कथाकारहरू श्यामल, राजव, किशोर पहाडी, नारायण तिवारीले उहाँको कथाकारिताको प्रशंसा गर्दै आ-आफ्ना भनाइ राख्नुभएको थियो । कथाकार रासाले आफूले कल्पनामा आधारित यथार्थ कथा लेख्न खोजेको जानकारी गराउनुभो । आफ्ना कथामा कविता पनि होस् भन्ने चाहेको उहाँको भनाइ थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच