काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले चार सर्जकलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच साहित्यकार महेश्वर शर्माले साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई ५१ हजार १११ रुपैयाँ नगद राशिसहित ‘चूडामणि भाषाव्याकरण-कोश पुरस्कार’ अर्पण गरिएको छ ।
यस्तै, प्राडा.लक्ष्मणप्रसाद गौतमलाई २५ हजार रुपैयाँसहित ‘कुमार-सरस्वती साहित्य पुरस्कार’, आख्यानकार मधुवन पौडेललाई २५ हजारसहित ‘शंकर कोइराला आख्यान पुरस्कार’ र साहित्यकार एवं रंगकर्मी किशोर पहाडीलाई ५५ हजार ५५५ सहित ‘रामप्रसाद पन्त वाङ्मय पुरस्कार’ अर्पण गरिएको छ । सो अवसरमा दायित्व पत्रिकाको १५६औं अंकको लोकार्पण पनि गरिएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच