काठमाडौं । साझा पावर कम्पनी लिमिटेडले २२.५ मेगावाट तल्लो बलेफी जलविद्युत् आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आयोजनासँग सम्बन्धित महत्वपूर्ण वित्तीय तथा संरचनागत निर्णयहरू पारित गर्दै परियोजना समयमै सम्पन्न गर्ने आधार तयार गरेको हो ।
साधारणभसाले तल्लो बलेफी आयोजनाका लागि कुल ३०५.९८ करोड रुपैयाँ बराबरको अल्पकालीन तथा दीर्घकालीन ऋणसमेत अनुमोदन गरेको छ भने आयोजनाको निर्माणसँग प्रत्यक्ष जोडिएका विस्फोटक पदार्थ, सिभिल, टनेल तथा इलेक्ट्रो-मेकानिकलसम्बन्धी सम्झौता पनि स्वीकृत गरेको छ ।
आयोजना कार्यान्वयन सहज बनाउने उद्देश्यले कम्पनीको नाममा आवश्यक चल तथा अचल सम्पत्ति खरिद-बिक्री गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ भने सेयर खरिद-बिक्री वा अन्य कार्यका लागि विद्युत् नियमन आयोगलगायत सम्बन्धित निकायबाट स्वीकृतिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
साधारणसभामा सञ्चालक समिति अध्यक्ष कुवेरमणि नेपालले तल्लो बलेफी जलविद्युत् आयोजना समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सेयरधनी, सञ्चालक समिति सदस्य तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
कम्पनीका अनुसार आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ । आवश्यक वित्तीय स्रोत, ठूला निर्माण सम्झौता र व्यवस्थापकीय निर्णयहरू साधारणसभाबाट अनुमोदनसँगै तल्लो बलेफी जलविद्युत् आयोजना निर्धारित २४ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच