काठमाडौं । एनसेलले जेन-जी पुस्ताको सञ्चार आवश्यकतालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थी तथा युवा वर्गलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ प्याक ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करसहित दुई सय ९९ रुपैयाँ मूल्य रहेको प्याकमा २८ दिनका लागि अनलिमिटेड एनसेल-टु-एनसेल कल सेवा, पाँच जिबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीमा निःशुल्क डेटा पहुँच तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच उपलब्ध गराइएको छ ।
प्याकमा अफ-नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलका लागि विशेष छुटसमेत दिइएको छ । जसअनुसार प्रतिमिनेट एक रुपैयाँमा कल गर्न सकिनुका साथै तोकिएको पाँच जिबी डेटा सकिएपछि पनि ग्राहकले प्रतिएमबी ५० पैसामा पे-एज-यू-गो डेटा निरन्तर प्रयोग गर्न सक्नेछन् ।
युवा सिमको अर्को विशेष सुविधाअन्तर्गत ग्राहकले २४ घण्टासम्म मान्य हुने एक जिबी डेटा १९ रुपैयाँ खरिद गरी फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन् । युवा सिम सार्वजनिक गर्दै एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्तले भन्नुभयो, ‘युवालाई लक्षित गरी विशेषरूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं । यसले युवालाई सधैं कनेक्टेड रहन सहयोग गर्नुका साथै डिजिटल भविष्य र शिक्षासँग जोड्न मद्दत गर्ने विश्वास लिएका छौं ।’ युवा सिम लिन इच्छुकले नजिकको एनसेल सेन्टर गएर नागरिकता वा ड्राइभिङ लाइसेन्स तथा विद्यार्थी परिचयपत्र पेश गर्नुपर्ने हुन्छ । अभिभावकलाई सरकारले जारी गरेको परिचयपत्र र विद्यार्थी परिचयपत्रका आधारमा पनि सिम लिन सकिन्छ । प्याकको सेवा निरन्तर प्रयोग गर्न हरेक २८ दिनपछि पुनः दुई सय ९९ रुपैयाँ तिरेर प्याक नवीकरण गर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर