काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राममार्फत् समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो ।
जसअन्तर्गत भैरहवा शाखामार्फत् लुम्बिनी अपांग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखामार्फत् शान्ति नमुना माध्यमिक विद्यालयलाई जाडोयाम लक्षित न्यानो कपडा बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका अवसरमा बुटवल क्षेत्र प्रमुख आचार्यले सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथ आश्रममा रहेका दृष्टिविहीन व्यक्तिहरूका लागि बेड तथा आर्थिकरूपमा कमजोर र दृष्टिविहीन बालबालिकाहरू अध्ययनरत विद्यालयमा न्यानो कपडा वितरणमा बैंक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । सहयोग प्राप्त संस्थाहरूले बैंकद्वारा गरिएको मानवीय पहलप्रति खुसी व्यक्त गर्दै आभार प्रकट गरेका थिए ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच