बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान १० बजे जिल्लाको सुर्नया गाउँपालिका-६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ साँडीघाटी नजिक दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सिगास गाउँपालिका-१ का २४ वर्षिय निशान्त बोहरा, सोही ठाउँका २९ बर्षिय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका-३ का १३ बर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ । जीप चालक सिगास गाउँपालिका-१ दुदिलाखानका अन्दाजी ३० वर्षिय गणेश बिष्ट पनि घाइते भएकाे प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।
घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच