दाङ । साहित्यकार श्याम प्रसाद लामिछाने (श्याम चिस)को ७१ बर्षको उमेरमा निधन भएको छ । चिसका कान्छा सुपुत्र जीवन लामिछानेले दिएको जानकारी अनुसार सोमबार अपरान्ह आफ्नै निवासमा उहाँको निधन भएको हो ।
२०११ मंसिर ८ गतेका दिन पिता गोविन्द प्रकाश शर्मा गोविन्द चिस र माता उल्लोतमा देवि शर्माको माहिलो सन्तानका रुपमा जन्मनुभएका चिस प्रगतिशील लेखक संघ लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो । उहाँले प्रगतिशील लेखक संघ नेपाल दाङ शाखामा गोविन्द चिस सर्जक पुरस्कार पनि स्थापना गर्नुभएको थियो । श्याम चिसले कविता, मुक्तक, गजल र नाट्य विधामा योगदान दिनुभएको थियो ।
उहाँ लामो समय शिक्षण पेशामा पनि आवद्ध हुनुभएको थियो । २०३४ सालमा नन्द्रागाउँमा विद्यालय संचालन गर्नुभएका श्याम चिसले २०७१ मंसिर ८ गतेसम्म शिक्षकका रुपमा सेवा गर्नुभएको थियो । २०३२ सालमा पुष्पलाल श्रेष्ठबाट प्रभावित भइ बामपन्थी राजनीतिमा आकर्षित हुनुभएका श्याम चिसले प्रगतिवादी साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रगतिशील लेखक संघले उहाँलाई गत पुस ३ गते प्रगतिशील साहित्य पुरस्कार समेत प्रदान गरेको थियो । केही समय यता जिव्रोको समस्याले गर्दा विरामी पर्नुभएको थियो ।
उहाँका दुई छोरा र एक श्रीमती हुनुहुन्छ ।
यसैबीच प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाका अध्यक्ष चन्द्र बहादुर थापाले प्रगतिशील लेखक संघका पुरस्कार संस्थापक श्याम चिसको निधनले प्रलेस परिवार मर्माहत भएको बताउनुभएको छ । उहाँले श्याम चिसको निधनले परिवारमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच