ओखलढुंगा । ओखलढुंगामा सवारी दुर्घटनामा परी घाइते भएका सुरज ताम्रकारलाई थप उपचारका लागि हेलीकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।
सोमबार विहान स्कुटर र अटो एकापसमा ठोक्कीएर घाइते भएका स्कुटर चालक ताम्रकारलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो । दुर्घटनामा दाहिने आँखा र खुट्टामा चोट लागेका ताम्रकारलाई सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार पश्चात काठमाण्डौ लगिएको छ ।
सोमबार विहान करिब ९ बजेको समयमा सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडा छेउमा बिपरित दिशाबाट आएका स्कुटर र अटो एकापसमा ठोक्कीएर दुर्घटना भएको छ । रमाईलोडाँडाबाट मिलनचोक तर्फ जाँदै गरेको प्र १–०२–००४ ह ४५७० नम्बरको अटो र मिलनचोकबाट रमाईलोडाँडा तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०४७ प ६२६९ को स्कुटर एकापसमा ठोक्कीएका थिए । दुर्घटनामा अटोचालक मोलुङ गाउँपालिका–७ पात्ले बस्ने अन्दाजी २८ वर्षीय सुरज बि.क को अनुहारमा चोट लागेको छ । स्कुटरचालक सिद्धिचरण नगरपालिका–११ बस्ने अन्दाजी ३६ वर्षीय सुरज ताम्रकारको दाहिने आँखा र दाहिने खुट्टामा चोट लागेको थियो । दुवैजना घाइतेलाई उपचारका लागि सामुदायिक अस्पताल मिसन सोब्रुमा पठाईएको थियो ।
अटोचालक बि.कको अवस्था समान्य रहेको छ, भने ताम्राकारलाई थप उपचारका दिउँसो करिब २ः०८ बजेको समयमा अल्टिच्युट एअरको हेलीकप्टर मार्फत ट्रमासेन्टर लगिएको छ । दुवै सवारीसाधन प्रहरी कार्यालयको नियन्त्रमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ,





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच