ओली, दाहाल र देउवाहरूको शासकीय उन्मादले युवाहरूमा विकसित असन्तुष्टि, आक्रोश र भदौ २४ को विद्रोहले उनीहरूको शासकीय अत्याचार केही समयका लागि स्थगित छ । अवरोधले निरन्तरता पाउँछ कि टुट्छ, त्यो निर्णय जनताले फागुन २१ मा गर्नेछन् । यदि पुनरागमन भयो भने शैली फेर्नैपर्छ । भनिन्छ जहाँ क्रूर शासक रोकिन्छन् त्यही बिन्दुबाट सेवाभाव भएका शासक जन्मन्छन् । भादौ विद्रोहले अनुदार र भ्रष्ट शासकप्रति चरम असन्तुष्टि प्रमाणित भयो । सेवाभाव भएको नेतृत्वको चाहना बढेको पुष्टि भयो । यो विद्रोह विशेषतः नयाँ पुस्ताको राजनीतिक चेतनाको परिणाम हो । सिद्धान्ततः प्रजातान्त्रिक पद्धतिमा निर्विवादित तथ्य केहो भने शासक सेवक हो जनता मालिक हुन् ।
दुर्भाग्य नेपालको सन्दर्भमा शासक मालिक हुने दरबारिया परम्परा यथावत् रह्यो । एउटा राजा फ्याक्दा केन्द्रदेखि स्थानीय निकायसम्म हजारौं निर्वाचित राजा जन्मिए । निर्वाचित तानाशाहहरूको उन्मत्तताले तलबभत्ता, गाडी आदिको खर्च उनीहरूद्वारा हुँदै आएको भ्रष्टाचारले जनता आजित छन् । नेपालको राजनीतिक मानचित्रमा खड्गप्रसाद ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाहरू दशकौंदेखि शासकीय भूमिकामा मात्रै रहेनन् भ्रष्टाचार र कुशासनको एउटै केन्द्रमा घुमिरहे । केवल व्यक्तिमात्र होइनन्, समकालीन भ्रष्ट राजनीतिक प्रवृत्तिका प्रतीक हुन् ।
शासकले जनतालाई ‘रैती’ वा ‘प्रजा’ देख्छ । उसलाई लाग्छ कि जनताले उसको आज्ञा पालन गर्नुपर्छ । दम्भी शासक र जनताको बीचमा ठूलो दूरी हुन्छ । सेवाभाव भएको शासक जनतासँग आफ्नो अभिभाव, आँसु र हाँसोसँग प्रत्यक्ष जोडिए काम गर्छ ।
यिनीहरूबीचको अपवित्र गठबन्धन, सहकार्य र मिलोमतोमा तीनदशकसम्म भ्रष्ट र कुशासनको बादसाह बने ।
यिनीहरूले जनताको भाग्य र देशको भविष्यमात्रै लुटेनन्, राष्ट्रको सिंहदरबारलगतयत अमूल्य धरोहरलाई खरानी बनाए । उनीहरूको राजनीतिक यात्रा त्याग र संघर्षबाट भए पनि सत्ताको शिखरमा पुग्दा ‘शासक’ बन्ने मोह देखियो । नेतृत्वमा हुनुपर्ने आवश्यक ‘सेवाभाव शून्य रह्यो । युवा पुस्ताका लागि एउटै विकल्प बाँकी छ अब शासक होइन, सेवक बन्ने भीष्मप्रतिज्ञा र संकल्प लिएको राजनीतिक नेतृत्व आजको आवश्यकता हो । जनभावनाको नेतृत्व जसले गर्छ उसले सेवक बन्नेलाई आत्मसात गर्नैपर्छ ।
शासक र सेवकबीचमा आकाश-पातालको फरक हुन्छ । यी दुई शब्दले केवल पदलाई मात्र होइन, व्यक्तिको मनोविज्ञान, कार्यशैली र दृष्टिकोणलाई झल्काउँछन् । शासकले जनतालाई ‘रैती’ वा ‘प्रजा’ देख्छ । उसलाई लाग्छ कि जनताले उसको आज्ञा पालन गर्नुपर्छ । दम्भी शासक र जनताबीचमा ठूलो दूरी हुन्छ । सेवाभाव भएको शासक जनतासँग आफ्नो अभिभाव, आँसु र हाँसोसँग प्रत्यक्ष जोडिए काम गर्छ । ऊ जनताको सेवक भएर काम गर्छ । शासक आफ्नो आलोचना पटक्कै सुन्न चाहँदैन । आलोचकलाई शत्रु ठान्छ । दमन वा अत्याचारको सहारा लिएर आवाज बन्द गराउने उसको अभिष्ठ हुन्छ । जस्तो ओली, दाहाल र देउवाहरूले आफ्नो कार्यकालमा गरे । सेवाभाव भएको शासकले आलोचनालाई ‘सुधारको अवसर’ मान्छ । उसले शालीनतापूर्वक जनताको गुनासो सुन्छ । नेतृत्व अहंकारले भरिएको गाग्री हो भने सेवाभाव भएको नेतृत्व विनम्रताको महासागर हो ।
शासकमा घमण्ड ‘म नै राज्य हुँ’ भन्ने पदीय अहंकार हुन्छ । दम्भी नेतृत्वले जनताबाट सधैं सम्मान र तालीको अपेक्षा राख्छ । जति उच्च पदमा पुग्छ, त्यति नै बढी झुक्छ । उसको परिचय पदले होइन, काम र व्यवहारले दिन्छ ।
प्रजातान्त्रिक पद्धतिमा शासक र सेवकबीचको खाडल अन्त्य गर्न शक्तिको विकेन्द्रीकरण र शासकमा सेवाभावको विकास अनिवार्य हुन्छ । जबसम्म शासकले आफूलाई मालिक र जनतालाई रैती ठान्ने प्रवृत्ति त्याग गर्दैन तबसम्म शक्ति र समर्पणको खाडल रहिरहन्छ । प्रजातन्त्रको सुन्दरता नै शासकहरू जनताको सेवक हुनुमा छ तर जब शक्तिले विवेकलाई अन्धो बनाउँछ तब शासक र सेवकको दूरी बढ्छ । निर्वाचित शासकमा व्यक्तिगत स्वार्थ हावी हुँदा राज्य र जनताप्रतिको निःस्वार्थ समर्पण ओझेलमा पर्छ ।
सेवक त्यो हो जसले जनताको आँसु पुछ्नका लागि सत्तालाई एउटा औजार मान्छ । सेवकको धर्म सेवा हो, शासन किमार्थ होइन । सेवकले अधिकारको कुरो गर्नुभन्दा पहिले कर्तव्यको पालना गर्छ । शासकले मान्छेलाई रैती देख्छ भने सेवकले मान्छेलाई नागरिक र ईश्वरको रूप देख्छ । ओली, दाहाल र देउवाको त्रिकोणीय सत्ता राजनीतिले नेपाललाई एउटा यस्तो चक्रव्युहमा फसाए, जहाँ पात्रहरू पनि मुस्किलले बदलिन्छन् तर प्रवृत्ति बदलिँदैन । उनीहरूले सत्तालाई एउटा यस्तो खेल बनाए जहाँ अंकगणितको जित हुन्छ तर दुर्भाग्य प्रजातान्त्रिक पद्धतिमा जनमतको हार हुन्छ ।
सामाजिक सञ्जालदेखि चिया पसलसम्म नेताहरूको तल्लोस्तरमा आलोचना हुन्छ । गाली व्यक्तिगत द्वेष होइन, जनताको निराशाको अभिव्यक्ति हो । अबको युवा पुस्ताले पुराना नेताहरूको भ्रष्टाचार, कुशासन, नातावाद आदिको सिको गर्ने होइन, उनीहरूका गल्तीबाट शिक्षा लिने बेला आएको छ । युवाहरूले बुझ्नुपर्छ कि राजनीति भनेको रवाफ देखाउने ठाउँ होइन, योजना र कार्यक्रम बनाउने, त्यसलाई कार्यान्वयन गर्न पसिना बगाउने थलो हो ।
सेवाको राजनीति गर्नेहरूले सादा जीवन उच्च विचारको सिद्धान्तलाई अक्षरसः अवलम्बन गर्छन् । सादा जीवन उच्च विचार मुख्य विशेषता हो । ऊ सत्ताको विलासितामा कहिल्यै बाँच्दैन । जनताको धरातलमा बाँच्नु नै वास्तविक सेवा हो ।
शासक सुरक्षाकर्मीको घेरामा हिँड्दा आफूलाई सुरक्षित महसुस गर्छ तर ऊ जनताको मनबाट टाढिएको हुन्छ । सेवाको राजनीति गर्नेहरू जनताको भीडमा सुरक्षित र सम्मानित हुन्छन् । आफ्नो र आफ्नाको घर बनाउँदैन बरू जनता हिँडडुल गर्ने बाटो बनाउँछ जो जनताका छोराछोरी पढ्ने विद्यालयको गुणस्तर सुधार्छ, भ्रष्टाचारविरुद्ध उभिन्छ । जनताका हातहरू स्वतः सम्मानमा जोडिन्छन् । ताली केवल ध्वनि होइन, कृतज्ञताको प्रतीक हो । युवाहरूले राजनीतिलाई पेशा होइन, सेवाको माध्यम बनाउँछन्, तबमात्र कुनै पनि देशको मुहार फेरिनेछ ।
पुरानो पुस्ताका नेताहरूले इतिहासको कुरा गरेर समयलाई बर्बाद गरे भने अबको युवा पुस्ताले भविष्यको प्रष्ट खाका कोर्न, कार्यान्वयनमा लैजाने रणनीति र कार्यनीति सार्वजनिक गर्नुपर्छ । सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई खरो कार्यान्वयन गर्नुपर्छ । युवा नेतृत्वले केवल म युवा हुँ भनेरमात्रै निकास निस्किँदैन ।
आजको युवाले गर्ने विद्रोह सडकमा ढुंगामुढा गर्नेमात्र हुनुहुँदैन, अबको असन्तुष्टि वा विद्रोह त वैचारिक र रचनात्मक हुनुपर्छ । हामीले हाम्रा नेताहरूलाई प्रश्न गर्न सक्नुपर्छ तर भाषा शालीन र तर्क मजबुत हुनुपर्छ । गालीले होइन, प्रश्नले शासकलाई झस्काउँछ । जुन नेताहरूले प्रजातन्त्र र लोकतन्त्रका लागि आफ्नो जीवनको उर्वर जीवन खर्च गरे आज उनीहरू नै भ्रष्ट शासकको खोलभित्र थुनिएका छन् । यो दुःखद् हो । अबका युवाहरूले यो विरोधाभासलाई तोड्नुपर्छ ।
ओली, दाहाल र देउवाहरूले एउटा कालखण्डको नेतृत्व गरे । उनीहरूका योगदानलाई इतिहासले मूल्यांकन गर्ला तर वर्तमानले उनीहरूबाट सेवाको अपेक्षा राखेर थाकिसकेको छ । अबको पालो युवाहरूको हो तर यदि युवाहरू पनि त्यही ‘शासकीय मानसिकता’ बोकेर सत्तामा जाने हो भने, देशमा फेरि अर्को दुर्घटना अवश्यम्भावी छ । युवाहरू ! तिमीहरू शासक बन्ने सपना नदेख, बरू यो देशको इमानदार सेवक बन्ने प्रण गर । शासकले इतिहासमा नाम त लेखाउलान् तर सेवकले जनताको हृदयमा आफ्नो स्थान बनाउँछन् । शासकले आफ्नो इतिहास बनाउँछ तर सेवकले देशको भविष्य बनाउँछ । जब युवाहरू सेवक बनेर मैदानमा उत्रिनेछन् तब दमनका स्वर मत्थर हुनेछन्, अत्याचारका पर्खाल भत्किनेछन् र नेपालको माटोमा नेतृत्वलाई सधैं झैँ गालीको सट्टा तालीको गुञ्जन सुनिनेछ ।
पुरानो पुस्ताका नेताहरूले इतिहासको कुरा गरेर समयलाई बर्बाद गरे भने अबको युवा पुस्ताले भविष्यको प्रष्ट खाका कोर्न, कार्यान्वयनमा लैजाने रणनीति र कार्यनीति सार्वजनिक गर्नुपर्छ । सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई खरो कार्यान्वयन गर्नुपर्छ । युवा नेतृत्वले केवल म युवा हुँ भनेरमात्रै निकास निस्किँदैन । विश्वास जित्न ठोस एजेण्डामा केन्द्रीकृत हुनुपर्छ । ओली, दाहाल र देउवाहरूबाट हिजो व्यवस्था बदल्नेमात्र काम भयो, अबको जिम्मेवारी भनेको जनताको अवस्था बदल्ने सशक्त योजना बन्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्ने सामय सीमा तोक्नुपर्छ ।
जहाँ क्रुर शासकको सूर्यास्त हुन्छ त्यहाँ सेवाभाव निष्ठाको सूर्योदय हुन्छ । आफैंमा राजनीतिक दर्शन हो । शासकको सूर्यास्त हुनुभनेको पद, शक्ति र अहंकारको अन्त्य हुनु हो । सत्ता स्वार्थमा टिक्छ भने सेवा त्यागमा । त्यागको राजनीतिले पदभन्दा पात्र र सत्ताभन्दा निष्ठा ठूलो हुन्छ । सूर्यास्तले अँध्यारोमात्रै ल्याउँदैन, निष्ठावान पात्रहरूको पहिचान गर्ने कौडी र हीरा छुट्याउने कसीको काम गर्छ । जहाँ दरबारको वैभव ढल्छ तबमात्र झुपडीको इमानदारी चम्कन्छ । राजनीति केबल शासन गर्ने खेल होइन, अस्ताउँदो घाममा पनि उज्यालो भरोसा बन्नसक्ने समर्पणको यात्रा हो । जहाँ स्वार्थको अन्त्य हुन्छ त्यहीँबाट नैतिकताको बिहानी सुरु हुन्छ र निःस्वार्थ सेवाको अनन्त क्षितिज उघारिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच