दाङ । माघ ११ गते हुने राष्ट्राय सभा सदस्य निर्वाचन–२०८२ मा अन्तिम नामावली कायम भएका उम्मेदवारहरुलाई निर्वाचन चिह्न वितरण गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले आठ जना उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरेको हो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेकाहरुलाई पार्टीको चुनाव चिह्नलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। अपांगता समुहबाट मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका बासुदेव घिमिरे(जंगली)लाई रुख, नेपाली कम्यूनिष्ट पार्टीबाट उम्मेदवारी दिनुभएका सर्जन विकलाई पाँचकुने तारा निर्वाचन चिह्नको रुपमा प्रदान गरिएको छ।
यस्तै, अन्य समुहबाट मनोनयन दर्ता गराउने नेपाली कांग्रेसका चन्द्रबहादुर केसीलाई रुख, नेपाली कम्यूनिष्ट पार्टीबाट मनोनयन दर्ता गराउने बृहस्पती अधिकारीलाई पाँचकुने तारा, राष्ट्रिय जनमोर्चाबाट मनोनयन दर्ता गराउने बोमबहादुर खत्रीलाई निर्वाचन चिह्न गिलास प्रदान गरिएको सहायक निर्वाच अधिकृत अमृता पौडेलले जानकारी दिनुभयाे ।
यस्तै महिला समुहबाट उम्मेदवारी दिने नेकपा एमालेकी रामकुमारी झाक्रीलाई सूर्य, नेपाल कम्यूनिष्ट पार्टीबाट उम्मेदवारी दिने दुर्गाकुमारी भण्डारीलाई पाँचकुने तारा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिने पद्या पण्डितलाई गिलास निर्वाचन चिह्न प्रदान गरिएको हो। लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता रहेका छन्। यही मतदातामार्फत राष्ट्रिय सभा सदस्यको चयन गरिने छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच