काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि बसेको त्रिपक्षीय बैठक हालका लागि टुंगिएको छ । सहमति खोज्ने प्रयासस्वरूप भएको बैठक दिउँसो पुनः बस्ने गरी स्थगित गरिएको हो ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गर्दै अघि बढेको छ भने अर्को पक्ष त्यसलाई स्वीकार्न तयार नभएपछि विवाद चर्किएको छ । यही विवाद समाधानका लागि बिहानदेखि तीन पक्षका शीर्ष नेताहरू संवादमा जुटेका थिए ।
बैठकमा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए । सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी भएका थिए भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा सहभागी थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच