काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक कार्यतालिकाअनुसार आज साँझ ९ बजे मतदान हुने तय गरिएको छ । यसअघि मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमाथि दाबी-विरोध तथा छलफलका लागि साढे १ बजेसम्म समय तोकिएको छ ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख छ ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने जनाइएको छ ।
यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरी मंगलबार बिहान सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको थियो ।









बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच