काठमाडौं । नेपाली कांग्रेसभित्रैबाट खतरा बढ्दै गएको भन्दै युवा नेता शंकर तिवारीले चौबाटोमा कांग्रेस नामक पुस्तक सार्वजनिक गर्नुभएको छ। चौबाटोमा आयोजित कार्यक्रममा उनले कांग्रेसको वर्तमान अवस्था र भविष्यका चुनौतीबारे पुस्तकमार्फत गम्भीर प्रश्न उठाउनु भएको छ ।
तिवारीका अनुसार कांग्रेसले २००७ सालमा बीपी कोइरालाले अघि सारेजस्तै स्पष्ट सिद्धान्त र एजेन्डासहित अगाडि बढ्न सकेको भए आजको अवस्था आउने थिएन। विशेषगरी ‘जेन–जी आन्दोलन’ पछि देखिएको उभारलाई कांग्रेसले समयमै आत्मसात् गर्न नसक्दा पार्टी अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ।
“जेन–जी आन्दोलनपछि आएको राजनीतिक चेतनालाई कांग्रेसले ४५ दिनसम्म पनि स्वीकार गर्न सकेन,” तिवारीले भने, “पार्टी नबदलिएसम्म देशको राष्ट्रिय राजनीति पनि बदलिँदैन।”
उहाँले पुस्तकमा जेन–जी समूहसँग दल सुधार, आन्तरिक लोकतन्त्र र वैचारिक पुनर्जागरणका विषय समेटिएको जानकारी दिनुभयो। चौबाटोमा कांग्रेस मा बीपी कोइरालाले २००७ सालमा अघि सारेका सिद्धान्त र एजेन्डाजस्तै, जेन–जी विद्रोहले ल्याएको राजनीतिक उथलपुथललाई आत्मसात् गर्न कांग्रेस असफल भएको उल्लेख गरिएको तिवारीको दाबी छ।
उहाँका अनुसार कांग्रेसको समस्या बाहिर होइन, पार्टीभित्रै रहेको स्पष्ट सन्देश पुस्तकले दिन खोजेको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच