काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ताको समय थपिएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार दिउँसो ३ बजेसम्म तोकिएको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो।
कांग्रेसको संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहेकै बेला निर्वाचन कार्यक्रमलाई अघि बढाइएको निर्वाचन समितिले जनाएको छ। संस्थापन पक्षबीच भएका छलफलले ठोस निष्कर्ष निकाल्न नसकेपछि महाधिवेशनले निर्धारित कार्यसूचीअनुसार निर्वाचन प्रक्रिया अघि बढाएको हो।
विशेष महाधिवेशनमार्फत १३ जना पदाधिकारी र १३३ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच