काठमाडौं । पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अग्रिम निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एन्फाले आगामी माघ २८ गतेका लागि अग्रिम निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यसका लागि तालिकासमेत एन्फाले सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचनसँग सम्बन्धित कुनै पनि काम नगनू वा नगराउनू भनी न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले निवेदक अमित खत्रीका तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहितका कानुन व्यवसायीको बहस सुनेपछि विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । साथै, अन्तरिम आदेशको मागबारे दुवै पक्षलाई सुनुवाइ गरी निर्णय गर्न उपयुक्त हुने ठहर गर्दै अदालतले माघ ६ गतेका लागि अन्तरिम आदेश छलफलको पेशी तोकेको छ । सो अवधिसम्मका लागि कुनै गतिविधि नगर्न भनिएको छ ।
‘...मिति २०८२।१०।६ गतेको अन्तरिम आदेश छलफलका लागि पेशी तोकी सोको सूचना निवेदक र विपक्षीहरूलाई दिई सो अवधिसम्मका लागि मिति २०८२।९।२१ मा प्रकाशित सूचनाबमोजिमको उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचनसम्बन्धी अन्य कुनै पनि कार्य नगर्नू नगराउनू भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा लेखिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच