काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘टिक्मोमार्फत् आइएमई गरौँ, उपहार जितौँ’ योजना सार्वजनिक गरेको छ । चैत १७ सम्म सञ्चालनमा रहने अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आइएमईमार्फत् पैसा पठाउँदा विभिन्न उपहार जित्ने अवसर रहेको छ ।
टिक्मो एपमार्फत् साउदी अरबबाट आइएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कारअन्तर्गत एकजना भाग्यशाली विजेताले बिवाइडी अटो १ इभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुर्ईजना भाग्यशाली विजेताले एडा विन इभी स्कुटर जित्न सक्नेछन् । साथै साप्ताहिक विजेताअन्तर्गत १२ जना भाग्यशालीले आइफोन १७ जित्न सक्नेछन् ।
टिम्कोको उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली लाभान्वित हुने र विजेताहरू पारदर्शी डिजिटल लक्की ड्रमार्फत् छनोट गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको पैसा सुरक्षितरूपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् ।
पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्र्याउने मात्रै नभएर अवसरको सदुपयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच