काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ । सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत तथा सलिना बिकेको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा आयुष्मान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा, सृष्टि श्रेष्ठ लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । वियोगान्त गीतले यो चलचित्रको कथा संकेत गरेको छ । प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झनेबीचको अन्तर चलचित्रमा रहेको गीतबाट अनुमान लगाउन सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको ‘द ब्ल्यू लाइट’ मा बेनिशा, अर्पण, आयुष्मान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा हुनुहुन्छ । ‘द ब्ल्यू लाइट’ मा बाल कलाकार ग्रिस्मा कटुवाल र सहारा शर्माले पनि अभिनय गर्नुभएको छ ।
माघ १६ गते रिलिज हुने यो चलचित्रलाई बलिराम चौहानको निर्देशन गर्नुभएको छ । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’ को सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहनुभएको छ भने कार्यकारी निर्मातामा छायांकार नरेन्द्र मैनाली तथा अभिनेत्री बेनिशा हमाल हुनुहुन्छ ।
नरेन्द्र मैनालीद्वारा छायांकन गरिएको यो चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रकको रूपमा रहनुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच