चितवन । नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’ का लेखक जीवा लामिछाने सारस्वत रत्न पुरस्कार–२०८१ बाट सम्मानित हुनुभएको छ। रत्ननगर वाङ्गमय प्रतिष्ठानको दोस्रो स्थापना दिवसको अवसर पारेर उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे तथा रत्ननगर नगरपालिकाका उप–प्रमुख यादव पाठकले संयुक्त रूपमा लेखक लामिछानेलाई सम्मान गर्नुभएको हो। सम्मान अन्तर्गत नगद ३० हजार रुपैयाँ, प्रशंसा पत्र र दोसल्ला प्रदान गरिएको छ।
सोही कार्यक्रममा १४२औँ लेखनाथ जयन्तीको अवसरमा काव्यिक विवेचना तथा कृति विमोचनसमेत गरिएको थियो। कार्यक्रममा मन्तव्य राख्दै लेखक लामिछानेले कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरूमा व्यङ्ग्य, विद्रोह, चिन्ता र गहिरो दर्शनको सुन्दर समन्वय पाइने उल्लेख गर्नुभयो।
प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै उहाँले आफूले प्राप्त गरेको सम्मान राशीमा दुई लाख रुपैयाँ थप गरी वाल्मीकि साहित्य सदनको अक्षयकोषमा जम्मा गर्ने घोषणा गर्नुभयो। साथै, चितवन साहित्य परिषद्का लागि आफ्नी आमाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने जानकारी पनि दिनुभयो। सो कोषबाट महिला लेखकलाई सम्मान गरिने उहाँले बताउनुभयो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच