काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको एक्सन-सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकतामा छ । ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ । सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई देखाइएको छ । साथै विद्रोहका कुरा पनि ट्रेलरमा समेटिएको छ ।
अभिनेत्री अञ्जना बराइली प्रहरी इन्पेक्टरको भूमिकामा देखिनुभएको छ । उहाँसँगको सुशीलको केमेस्ट्री पनि देख्न सकिन्छ । साथै ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतलाई देख्न सकिन्छ ।
ट्रेलरबारे निर्देशक विजय केरुङले चलचित्रले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ‘फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ’, उहाँले भन्नुभयो ।
दिव्यासी फिल्म्सको ब्यानर रहेको चलचित्र एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको हो । विजय केरुङको निर्देशनमा बनेको यस चलचित्रमा दीपक शिवाकोटीको कथा तथा निर्माण छ । चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच