काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा स्नातकोत्तर तहमा चलचित्र विषयमा अध्ययन हुनेभएको छ । केयूको स्कुल अफ आर्टसअन्तर्गत भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलोपटक ‘मास्टर इन फिल्म स्टडिज’ पढाइको सुरुवात गरेको हो ।
वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रममा यस अध्ययनको औपचारिक घोषणा गरिएको थियो । जसअनुसार, स्नातकोत्तर तहमा चलचित्र अध्ययनलाई संस्थागत रूपमा अघि बढाउने र यस पहलअन्तर्गत चलचित्र विकास बोर्डले अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
नेपाली चलचित्र क्षेत्रलाई औपचारिक शिक्षासँग जोड्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको विश्वविद्यालयले जनाएको छ । जुन दुई वर्षे (६६ क्रेडिट) कार्यक्रम फेब्रुवरीदेखि सुरु हुने बताइएको छ ।
विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने चलचित्रको अध्ययन कार्यक्रममा चलचित्रको सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक अध्ययन, चलचित्र निर्माण, पटकथा लेखन, छायांकन, ध्वनि डिजाइन, सम्पादन, अभिनय, चलचित्र समीक्षा, अनुसन्धान तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सहित चलचित्रसम्बन्धी आधुनिक विषय समेटिएको जनाइएको छ ।
चलचित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न बोर्डको तर्फबाट छात्रवृत्तिको व्यवस्था गरिने चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, अनुसन्धान प्रवद्र्धन तथा नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आधार तयार गर्ने उहाँको भनाइ छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच