काठमाडौं । साहित्यिक पत्रकार अच्युतरमण अधिकारीको निधन भएको छ । सोमबार अपराह्न अनामनगरस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । ७४ वर्षीय उहाँ अल्जाइमर्सबाट पीडित हुनुहुन्थ्यो ।
उहाँले लामो समयसम्म ‘उन्नयन’ त्रैमासिक सम्पादन तथा प्रकाशन गर्नुभएको थियो । साहित्यिक पत्रकारिताको अतिरिक्त साहित्यमा उहाँ समालोचना पनि लेख्नुहुन्थ्यो । उहाँको ‘विवेचनै विवेचना’ समालोचना संग्रह प्रकाशित छ ।
त्यसबाहेक फुटकरमा निबन्ध, कविता र गीत पनि लेख्नुभएको छ । उहाँले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन पनि गर्नुभएको थियो । उहाँ पशुपतिस्थित आर्यघाटमा सोमबार नै अन्त्येष्टि गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच