एजेन्सी । रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका नौ जनाको आगलागीमा परी मृत्यु भएको छ । भारतको हिमाचल प्रदेश सोलान जिल्लाको अर्की भन्ने ठाउँमा सोमबार राति अचानक पसलमा आगलागी हुँदा ग्यास सिलिण्डर विस्फोट भएर सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौ जनाको मृत्यु भएको हो ।
उक्त आगलागीसँगै ग्यास सिलिण्डर विस्फोटमा परेर ३३ का धनबहादुर विक, उहाँकी श्रीमती ३२ वर्षीया कविता, १६ वर्षीया छोरी राधा, १० वर्षीया रेनुका, २२ महिनाका छोरा राजन र ४७ वर्षीय काशीराम विक, उहाँकी श्रीमती ३२ वर्षीया टीका विक, १२ वर्षीया छोरी अनु र सात वर्षीय छोरा किरणसहित नौ जनाको ज्यान गएको हो ।
प्रत्यक्षदर्शीका अनुसार आगलागीपछि कोठाबाट चिच्याइरहेका सबैको आवाज सिलिण्डर विस्फोटसँगै एकैपटक बन्द भएको थियो । मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको बताइएको छ । धनबहादुर विक र काशीराम विकको परिवार दुई वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा रहेका थिए । उनीहरूका परिवार अर्की बजारमा ज्याला मजदुरी गर्थे । एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच