काठमाडौं । ग्लोबल आइएमई बैंकले १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूअन्तर्गत बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
ग्लोबल आइएमई बैंक पुस १८ गतेदेखि स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले कोशी प्रदेशको तीनपैनी शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, बागमती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्युरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पाँच सय ५८ रक्तदाताहरूले रक्तदान गरेका थिए । उक्त कार्यक्रमबाट संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी वितरण हुनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच