काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको विवाद समाधान गर्ने प्रयासस्वरूप सभापति शेरबहादुर देउवाले आफ्नै निवास महाराजगञ्जमा निर्णायक वार्ता थाल्नुभएकाे छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका बेला देउवाले सहमतिको अन्तिम प्रयासस्वरूप बैठक छलफल थाल्नुभएकाे हाे ।
‘अन्तिम निर्णय’को रूपमा हेरिएको उक्त वार्तामा सभापति देउवासँग महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत छलफल गर्दै हुनुहुन्छ । बैठकमा संस्थापन पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी हुनुहुन्छ भने शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाललगायत नेताहरू उपस्थित हुनुहुन्छ ।
विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक सुवास पोखरेलका अनुसार संस्थापन पक्षबाट सहमतिको अन्तिम प्रयास भइरहे पनि विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम यथावत् अघि बढाइएको छ।
पोखरेलका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनलाई अपनत्व लिन तयार देखिए पनि सभापति देउवा स्वयं नेतृत्व छोड्न तयार नभएकाले त्यो अवस्था विशेष महाधिवेशन पक्षधरका लागि स्वीकार्य हुन नसकेको हो।
तर, विशेष महाधिवेशन पक्षधरको प्रमुख मागअनुसार प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा कार्यवाहक सभापतिको रूपमा पूर्णबहादुर खड्काको नाम र हस्ताक्षर प्रयोग गर्न सभापति देउवा सकारात्मक बनेको बुझिएको छ।
पोखरेलले सभापति देउवाले अब पार्टी नेतृत्व हस्तान्तरण गरी पार्टी र व्यक्तित्वसम्बन्धी लेखन तथा वैचारिक भूमिकामा सक्रिय हुनुपर्ने धारणा राख्दै आएको उल्लेख गर्नुभयाे । उहाँका अनुसार हाल बाँकी रहेको मुख्य कार्य भनेको निर्वाचन प्रक्रिया मात्र हो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच